.
समाचार,
सालीको ठाउँमा परीक्षा दिने भिनाजु समातिए I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Tuesday, 20 March 2012
परीक्षामा परीक्षार्थी साली रेखाकुमारी चौधरीसँगै बसेर जाँच दिइरहेका भिनाजु जीवन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
यसैबीच सप्तरीको छिन्नमस्ता गाविसस्थित कुपही माविका एकजना विद्यार्थीले विद्यालयको लापरबाहीका कारण परीक्षा दिनबाट बञ्चित भएका छन् ।
टेष्ट पास गरे पनि एसएलसी परीक्षा दिनबाट स्थानीय सनोजकुमार यादव बञ्चित भएका हुन् । प्रवेशपत्र नपाएपछि परीक्षा केन्द्रमा प्रधानाध्यापक बद्रीनारायण दासले प्रवेशपत्र नआएको बताएपछि आक्रोशित विद्यार्थीहरुले कुटपिट गर्न थालेपछि प्रहरीले प्रधानाध्यापकको उद्धार गरेका थिए ।
यसैगरी बभनगामा कट्टीस्थित लक्ष्मी बल्लभ नरसिंह उच्च मावि परीक्षा केन्द्रबाट एकजना नक्कली निरीक्षकलाई अनुगमन टोलीले निकालेको छ ।
जिल्ला शिक्षा कार्यालय सप्तरीका अधिकृत रामदेव चौधरी नेतृत्वको टोलीले नक्कली निरीक्षक रामकुमार यादवलाई परीक्षा केन्द्रबाट बाहिर निकालेको हो ।
जिल्ला शिक्षा कार्यालय सप्तरीका जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेका अनुसार जिल्लाभरि परीक्षा शान्तिपूर्णरुपले सम्पन्न भएको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




