.
प्रवास,
नेपाल कोरिया व्यापार संघले सउलमा भव्य साँस्कृतिक कार्यक्रम गर्ने I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Tuesday, 20 March 2012
कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकारहरुको सहभागिता रहने नेपाल कोरिया व्यापार संघका अध्यक्ष मदन केसीले जानकारी दिनुभयो ।
कार्यक्रमबाट संकलित रकम नेपालका दुर्गम भेगमा विभिन्न समस्याबाट ग्रसित र आपत विपतको सामना गरेकाहरुलाई उपलब्ध गराइने केसीले बताउनुभयो ।
कोरियामा रहेका नेपालीहरुलाई आपत पर्दा पनि रकम खर्च गरिने केसीले जानकारी दिनुभयो । कार्यक्रम भव्य रुपमा सम्पन्न गर्नको लागि केसीको अध्यक्षतामा १ सय १ जना सम्मिलित मूल आयोजक समिति गठन गरिएको छ ।
समितिमा कोरियामा रहेका नेपाली व्यापारी सहित कलाकार, विद्यार्थी, राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको छ । सो कार्यक्रममको मूल संयोजकमा भने रुद्र शर्मा रहनु भएको छ ।
संयोजकहरुमा कलाकार छनौट तथा भिसा प्रक्रियामा गंगाराज राई, अतिथि सत्कारमा विनोद कु“वर, हल व्यवस्थापनमा राजु क्षेत्री, आर्थिक व्यवस्थापनमा सन्तोष थापा रहनु भएको छ ।
त्यस्तै संघ संस्था समन्वयमा मनोज कार्की, स्वयं सेवक परिचालनमा कृति कुमार श्रेष्ठ, प्रचार प्रसारमा दिनेश हिराचन, यातायात व्यवस्थापनमा टिकाराम तामाङ, मञ्च सजावटमा उर्गेन गुरुङ, होटल व्यवस्थापनमा श्रीमान् गुरुङ र सुरक्षातर्फ एनबी बोगटीलाई सयोजक तोकिएको छ ।
कोरियमा व्यापार व्यवसाय गर्दै आाएको नेपालीहरुको साझा संस्था नेपाल कोरिया व्यापार संघले विगतमा पनि विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




