.

,

लेबनानमा दुइ नेपाली महिलाले गरे आत्महत्या I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE



लेवनानस्थित वेरुतमा एक साताभित्र दुई नेपाली महिलाले आत्महत्या गरेका छन्। घरेलु कामदारका रूपमा बेरुत पुगेका सोलुखुम्बु सल्यान ४ की २५ वर्षीया शान्ति राई र काभ्रेपलान्चोक पनौती ९ की रेनुका जर्घामगरले घरभेटीले दिएको पीडा खप्न नसकेर आत्महत्या गरेका हुन् ।
४४९४४५२ राहदानी भएकी राईले मंगलबार र मगरले आइतबार आत्महत्या गरेको सम्बन्धित घरधनीले दाबी गरेका छन् । बेरुतको यन्तीजेस जदैहमा घरेलु कामदार रहेका यी दुई महिलाको हत्या हो कि आत्महत्या यकिन गर्न नसकेको बेरुतमा कार्यरत वैदेशिक रोजगार सामुदायिक संस्थाका विनोद उप्रेतीले बताए ।

२ वर्ष अघिदेखि यहाँ कार्यरत यी दुई महिलाको मृत्यु रहस्यमय भएको छ, उनले भने । घरमा काम गर्ने राईले पसलमा आत्महत्या गरेको देखाइएको छ । मगरको शव बुधबार नेपाल पठाइसकेको छ भने राईको शव अहिलेसम्म पठाउन सकिएको छैन, उनले भने । हत्यालाई आत्महत्या गरेको भन्ने र आत्महत्या गर्न बाध्य गराउने दुई घर धनीलाई कारबाही गर्न त्यहाँ कार्यरत नेपालीले माग गरेका छन् । मानसिक, शारीरिक र यौनशोषण तथा दुर्व्यवहारका कारण नेपाली महिला आत्महत्या गर्न बाध्य भएको बताइएको छ ।

उप्रेतीका अनुसार महिनामा १० भन्दा बढी यौनदुर्व्यवहारका निवेदन संस्थामा पर्ने गरेका छन् । ती मध्ये पीडा सहन नसकेर महिनामा २ जनाको मृत्युसमेत हुने गरेको छ । वेरुतमा ८ हजार ३ सय ३३ जना नेपाली महिला घरेलु कामदारका रुपमा कार्यरत छन् । वैधानिक, अवैधानिक दुवै तरिकाबाट यहाँ आएका छन् । अधिकांशले मासिक सयदेखि १ सय ५० डलरसम्म पाउँछन् । मासिक तलब पनि उनीहरूले भनेका बेला पाउँदैनन् अर्कोतिर घरधनीले राहदानी खोसेर राख्ने गरेकाले चाहेको बेला नेपाल फर्कन पनि पाउँदैनन् ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर