.
EXTRA HOT Feature समाचार,
एशियामा सबैभन्दा धेरै जड्याहाहरू I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Friday, 7 September 2012
बियर पिउने होडमा एसियाली नागरिक सबभन्दा अगाडि देखिएका छन् । बढ्दो समृद्धि र जीवनशैलीमा आएको परिवर्तनले युवावर्ग यसको सबभन्दा ठूलो बजार बन्न पुगेका छन् । पछिल्ला केही वर्षदेखि यो मामिलामा एसियाले युरोप र अमेरिकालाई उछिन्न थालेको हो ।
सात हजार वर्षदेखि एसियामा बियर उत्पादन हुन थालेको हो । कुल खपतको हिसाबले एसियाले सन् २००७
मै अमेरिका र युरोपलाई पछारिसकेको छ । सन् २०११ मा एसियामा ६७ अर्ब, अमेरिकामा ५७ अर्ब र युरोपमा ५१ अर्ब लिटर बियर पिइएको थियो । आर्थिक कारणले युरोप, अमेरिका र अस्टे्रलिया जस्ता विकसित मुलुकमा पिउनेको संख्या घट्न सक्ने अनुमान गरिएको छ । सन् २०११ देखि २०१६ सम्म एसिया प्रशान्त क्षेत्रमा यसको खपत ४ दशमलव ८ प्रतिशतले बढ्न सक्छ ।
सन १९३० को महामन्दिको बेला यसको सेवन कम भएको थियो । एसियाली मुलुक चीन संसारकै सबभन्दा ठूलो बियर उत्पादन गर्ने मुलुक भएको छ । आर्थिक समृद्धिले यो स्थिति आएको विश्लेषकहरू बताउूछन् । सन १९८० देखि ९० को दशकमा चीनमा यो क्रम सुरु भयो र उसले सन २००३ मा अमेरिकालाई पछि पार्यो ।
सन् २०१० मा चीनमा ४४ अर्ब, अमेरिकामा २३ अर्ब, ब्राजिलमा १२ अर्ब र रुसमा १० अर्ब लिटर यो पेय उत्पादन भएको थियो । यो बाहेक भियतनाम, कम्बोडिया र लाओसमा पनि यसको सेवन बढ्ने सम्भावना भएको इकान्तिपुरमा छ । प्रतिव्यक्ति खपतको दरमा भने युरोपभन्दा एसिया निकै पछि छ । बियर पिउने मुलुकमा चेक रिपब्लिक सबभन्दा अगाडि रहेको ‘युरोमोनिटर’ नामक संस्थाले जनाएको छ । सन् २०११मा त्यहाँ प्रतिव्यक्ति १ सय ७४ लिटर खपत भएको थियो । यसपछि आयरल्यान्ड र सात अन्य युरोपेली मुलुक पर्छन् । प्रतिव्यक्तिले प्रत्येक वर्ष ६४ लिटर बियर सेवन गर्ने जापान ४१ औं स्थानमा परेको छ | एजेन्सी
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





