.
Feature समाचार,
सरकारी निर्णयको बिरोधमा राप्रपा युवा मोर्चाद्वारा राप्ती बन्द
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 19 March 2012
सरकारका गलत निर्णयको बिरुद्धमा राप्रपा नेपालको युवा सङ्गठन राष्ट्रिय युवा मोर्चा नेपालले सोमबार राप्ती अञ्चल बन्द आह्वान गरेको छ। सरकारले सरकारी रकमको दुरुपयोग गरी माओवादी अध्यक्ष पुष्पकमल दाहाल पुत्र प्रकाश दहाललाई सगरमाथा आरोहणका लागि सरकारले २ करोड दिनेलगायतका विभिन्न गलत निर्णय गरेको भन्दै बन्द गरिएको युवा मोर्चा नेपालले जनाएको छ ।
राप्ती बन्दका कारण प्यूठान जिल्लाको जनजीवन प्रभावित बनेको छ । प्यूठानबाट छुट्टने लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् । बन्दका कारण यात्रु बाटोमै अलपत्र परेका छन् भने जिल्लाको जनजीवन प्रभावित बने को छ । बन्दले प्युठान, रोल्पा, रुकुम र सल्यानमा पनि सामान्य प्रभाव पारेको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





