.
बलिउड,
मनीषाको जीवनीमा पनि चलचित्र बन्नेभो, हिरोइनचाहि करिना I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 19 March 2012
चैत, मुम्बई । भारतीय सिनेजगतमा भर्खर साउथ इन्डियन नायिका सिल्क स्मिथको जीवनीमा आधारित चलचित्र 'द डर्टी पिक्चर' ले अत्याधिक सफलता पाएपश्चात त्यस्तै गरी अर्की नायिकाको जीवनीमा पनि चलचित्र बन्ने भएको छ । कथानक जीवनी भएकी अर्की नायिका हुन् - नेपाली नायिका मनिषा कोइराला । निर्देशक मधुर भण्डारकरले अभिनेत्री मनीषा कोइरालाको जीवनीमाथि फिल्म बनाउने भएका छन् ।
‘हिरोइन’ नाम राखिएको फिल्ममा करिना कपुरले मुख्य भूमिका निर्वाह गर्ने भएकी छन् । विभिन्न एजेन्सीहरुले उल्लेख गरेअनुसार यसमा मनीषाका केही व्यक्तिगत भोगाइलाई समेत प्रस्तुत गरिने भएको छ । ९० को दशककी चर्चित बलिउड अभिनेत्रीका बारेमा थुप्रैखाले टीकाटिप्पणी हुने गरेका थिए ।
केही भारतीय मिडियाले मनीषाका बारेमा नकारात्मक प्रसंगलाई बढावा दिए पनि फिल्ममा दुवै पक्ष प्रस्तुत गरिने निर्देशक भण्डारकरले बताएका छन् । नेसनल अवार्ड जितेका निर्देशक भण्डारकरको बुझाइमा मनीषा असाध्यै पारदर्शी व्यक्ति हुन् । उनले कहिल्यै कुनै कुरा छिपाइनन् ।
‘मेरो बुझाइमा मनीषा आफैंमा खुला किताब हुन्, उनका कुनै पनि कुरा लुकेका छैनन्’, भण्डारकरले एजेन्सीसँग कुराकानीका क्रममा भनेका छन् ।
पछिल्लो समय नेपाली व्यापारी सम्राट दाहालसँग बिहे गरेकी मनीषा भारत र नेपालमा बराबारजस्तो बस्ने गर्छिन् । विवाहपछि श्रमिन्सँग ठाकठुकसमेत परेको समाचार बाहिर आएको थियो । चाँदनीबार, कर्पोरेट, फेसनलगायतका फिल्म बनाएका निर्देशक भण्डारकर भारतका राम्रा निर्देशकका रुपमा गनिन्छन् ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




