.
प्रवास,
काँग्रेसका नेता विमलेन्द्र निधि बेल्जियम आउने I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Wednesday, 21 March 2012
शालिक गौतम, बेल्जियम -
नेपाली जनसंपर्क समिति बेल्जियमले आयोजना गरेको स्वर्गिय महान नेता गिरीजा प्रसाद कोइरालाको द्धितिय स्मृति दिवस तथा नेपालको समसामायिक राजनैतिक विषयक अन्तरकृया कार्यक्रममा प्रमुख अथितीको रुपमा नेपाली काँग्रेसका पुर्व महामन्त्री, तथा बर्तमान केन्द्रिय सदस्य तथा संविधान सभाका सदस्य विमलेन्द्र निधि बेल्जियम आउने भएका छन् ।
युरोप भ्रमणका शिलशिलामा बुधवार स्विजरल्याण्ड आइपुग्नुहुने र स्विजरल्याण्ड, इटली हुँदै अप्रिल १ तारिख बेल्जियमको स्थानिय शहर लुवेनको नेपाली जनसंपर्क समितिले आयोजना गरेको गिरीजा प्रसाद कोइरालको स्मृति सभा तथा अन्तरकृया कार्यक्रमलाई संवोधन गर्ने नेपाली जनसंपर्क समितिले जनाएको छ ।
कार्यक्रमलाई सफल बनाउको तथा गैर आवासीय नेपाली समुदायको आवाजलाई संविधानमा लिपिवद्ध गराउन संविधान सभासम्म पुर्याउने एक अवसरको रुपमा कार्यक्रमलाई बेल्जियमवासी नेपालीले लिएका छन् । नेपालको अस्थिर राजनैतिक अवस्था, संविधान तथा शान्ति प्रकृया तार्किक निष्कर्षमा नपुगेकोले नेता निधीले अन्तरकृयामा गैर आवासीय नेपालीहरुको कडा प्रश्नहरुको सामाना गर्नु पर्ने विष्लेशण गरिएको छ ।
कार्यक्रमलाई सफल तथा प्रभावकारी बनाउनको लागि नेपाली जनसंपर्क समिति बेल्जियमले नेपाली दुतावास बेल्जियम, बेल्जियम स्थित राजनैतिक निकट संगठनहरु, अन्य नेपाली संघसंस्था तथा समुदायहरु र युरोपका अन्य मुलुकका जनसंपर्क समितिहरुलाई अतिथीको रुपमा आमन्त्रण गरिएको छ । साथै कार्यक्रममा सोसयलिष्ट इन्टरनेसनलका प्रतिनिधीहरुलाई समेत आमन्त्रण गर्ने प्रयास भै रहेको जनसंपर्क समिति बेल्जियमले जनाएको छ । सन्धयाकालिन कार्यकर्ता भेटघाट तथा नेपाली काँग्रेसको भावी रणनितीका बारेमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




