.
प्रवास,
महिला अधिकारको माग गर्दै दक्षिण कोरियामा अन्तर्राष्ट्रिय नारी दिवस सम्पन्न I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Tuesday, 20 March 2012
कार्यक्रममा शुभकामना मन्तव्य दिँदै नेपाल पत्रकार महासंघका सचिव अशोक मैनालीले विभिन्न कालखण्डमा महिलाहरु हिंसाबाट मुक्त हुन नसकेको बताउँदै आफ्नो अधिकार सुनिश्चित गर्न दवावमुलक कार्यक्रमहरुसंगै समान सहभागिता र महिला हिंसा अन्त्यमा जोड दिनुभयो । कायक्रममा महिला प्रतिनिधी तथा नेपाली जनसम्पर्क समितिका अध्यक्ष गंगा थापाले महिलाहरुलाई सहयोग गर्न मन्चमा उभिएर ठूला ठूला भाषण गर्ने र व्यवहारमा लागु नगर्ने गन्यमान्य व्यक्तिहरुको आलोचना गर्दै महिलाहरुलाई आस्वासन होइन सहयोगी र समानताको भावनाले हेर्न अनुरोध गर्नुभयो । मन्तव्यकै क्रममा एनआरएन आइसिसि सदस्य डा. देबी बहादूर बस्नेतले हैकमबादी चरित्रको अन्त गर्न महिलालाई उत्पादनशिल तथा आर्थिकरुपमा शसक्त बनाउनुपर्नेमा जोड दिनुभयो । नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष चङ्ग कुमार गुरुङले नारीको अधिकारलाई जनैको टुप्पामा बाँधेर राखेको आरोप लगाउनु भयो । तर कस्को जनैको टुप्पामा नारी अधिकार झुडिएको हो खुलासा गर्नुभएन ।
नारी दिवसको अवसरमा एनआरएन दक्षिण कोरियाका अध्यक्ष केपी सिटौला नेपाली सम्पर्क समितिका अध्यक्ष शंकर बस्नेत नेपाली लोकतान्त्रिक मन्चका संयोजक कृष्ण राई नेपाली जन सम्पर्क समितिका महामन्त्री प्रकाश खनाल नेपाल बौद्ध परिवारका अध्यक्ष इश्वर गुरुङ्ग नेपाल कोरिया ब्यपार संघका अध्यक्ष मदन केसी एचआरडीका प्रतिनिधी राजु कार्की झापा मिलन समाजका अध्यक्ष मिन प्रकाश उप्रेती थकाली सेवा समितिका अध्यक्ष भक्त शेरचन लगायतले नारी दिवसको बारेमा आ-आफ्नो धारणा राख्दै नेपाली नारीहरुको जीवनशैली घरेलु हिंसा देखी विकशित मुलुकका नारीहरुको अवस्थाको बारेमा चर्चा गर्दै समान हक अधिकारको बारेमा जोड दिएका थिए । कार्यक्रममा महिला दिवसको चर्चा गर्दै लेखिका प्रगति राईले रुख नामक कविता बाचन गर्नुभएको थियो भने स्थानिय गायिका कुशला क्षेत्रीले गीत गाएर उपस्थित पाहुनाहरुलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो । कार्यक्रममा महिला आवास गृह सन्चालनमा सहयोग पुर्याउँदै आएका संघ संस्थाका प्रमुख तथा कोरियन दाताहरुलाई प्रमूख अतिथीले खादा लगाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
सहयोग पुर् याउने संघ संस्थाहरुमा स्याङ्गजा परिवारका पूर्वअध्यक्ष तथा बौद्ध परिवारका वर्तमान अध्यक्ष इश्वर गुरुङ नेपाल मगर संघका पूर्व अध्यक्ष खड्ग पुन एमटियूका प्रतिनिधी उदय राई रहेका छन् भने व्यक्तिगत रुपमा सहयोग पुर्याउँदै आएका समाजसेवी रुद्र शर्मा, पत्रकार रघु त्रिपाठी, व्यवसायी मदन केसी तथा सेखिल चर्चका कोरियन प्रतिनिधी नोउनगीको सहयोगमा महिला आवास गृह सञ्चालन हुँदै आएको छ ।
यस अघि उद्घाटन समारोहमा प्रमुख अतिथी कार्यवाहक राजदूत राजाराम बर्तौला संघकी अध्यक्ष कोपिला राई, महिला प्रतिनिधी गंगा थापाले संयूक्त रुपमा दिप प्रज्वलन गर्नुभएको थियो । नेपाली दूतावासको सभाहलमा उपस्थित अतिथिहरुलाई स्वागत गर्दै संघकी उपाध्यक्ष जुनु गुरुङले सबै नारी एक हुन सके नारी माथी हुने हिंसा अत्याचार र हाम्रो समाजको कु-संस्कारलाई अन्त्य गर्न सकिने बताउनु भयो । राष्ट्रिय गान तथा शहिदहरुको सम्मानमा एक मिनेट मौन धारण गरिएको सो कार्यक्रमलाई संघकी सचिव बिमला श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




