.

,

तमू धिं साउदी अरबद्धारा चार जना नेपाली घरेलु महिला कामदारको उद्धार I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

साउदी अरब -
सहयोग सदभाव र एकता हाम्रो प्रमूखता भन्ने मुल नारा लिएर २००४ को नोभेम्बर महिनामा स्थापित तमू धिं प्रवास केन्द्रिय समिति साउदी अरबले स्थापनाकाल देखि नै बिभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ। यसै शिलशिलामा तमू धिं प्रवास केन्द्रिय समिति साउदी अरब ७ बर्ष पुरा भएको खुशियालीमा रमदान बिदा ईदमा नेपालबाट ख्याति प्राप्त कलाकारहरुः शर्मिला तमुस्यो, मिरा तमुस्यो, जुनु रिजाल (काफ्ले), सुनिता दुलाल र रामजी खांडलाई झिकाई तमाम, रियाद र जेद्धा शहरमा “तमू धिं संगीतिक सौगात २०११” सम्पन्न गरियो।

उक्त कार्यक्रमको उद्धेश्य रहेको थियो साउदी अरबमा पीडित र असहाय घरेलु महिला कामदारहरुको सहयोगर्थ, तसर्थ तमू धिं साउदी अरबको ३० औं विस्तारित बैठकले नेपाली राजदुताबास रियादमा नेपाल फर्कनको लागी शरण लिएर बसी रहनु भएका ६ जना घरेलु नेपाली महिलालाई हवाई टिकट उपलब्ध गराउने निर्णय गरेको थियो। त्यहि अनुसार अहिले तमू धिं साउदी अरबले निम्न नाम र ठेगाना बमोजीम ४ जना नेपाली महिलालाई बिभिन्न मितिमा उद्धार गरिएको छ। १, कोपिला लामा, काठमाडौं, उद्धार गरिएको मितिः १४ फेब्रुआरी २०१२, २, पबित्र आले मगर, कटहरी ८, उदयपुर, उद्धार गरिएको मितिः ०३ मार्च २०१२, ३, रेश्मा शंकर (चौधरी) बाँके ४, नेपालगञ्ज, उद्धार गरिएको मितिः ०३ मार्च २०१२, ४, पार्बती पुन, बुटवल, मिलनचोक, उद्धार गरिएको मितिः १५ मार्च २०१२,। पीडित महिलाहरु कोपिला लामालाई तमू धिं प्रवास केन्द्रिय समितिका सदस्यद्धय श्री राजु तमू र मदन तमूले साथै अरु ३ जना महिलालाई तमू धिं प्रवास केन्द्रिय समितिका महसचिव श्री खेम तमूद्धारा हवाई टिकट हस्तन्तरण गरिएको थियो।

साथै महासचिव श्री खेम तमूले उद्धार गरिएका महिलालाई केहि भलाकुसारी पनि गर्नु भएको थियो जसमा साउदी अरब आउनुको उद्धेश्य र साउदी आए पछि के कस्ता बाधा, अड्चना झेल्नु पर्यो ? उक्त प्रश्नको उत्तरमा सबैको एउटै उत्तर रहेको थियो नेपालदेखि साउदी आउँदा हामी दलालद्धारा त ठगियौ नै झन साउदी अरब आएपछि भाग्यले नै ठगिन पुग्यौ, आफ्नो लक्ष्य उदेश्य त भुल्न बाध्य भयौ झन हामीले यहाँ अनेकौ समस्या झेल्नु पर्यो शारिरिक, मानाशिक यातना, दिनमा १८ देखि २० घण्टा काम गर्नु पर्ने काम गरे बापत तलब नदिने २ छाक खानाको भरमा दिन गुजार्नु पर्ने, यो अबस्थाले काम गर्ने घरबाट भाग्न बाध्य भयौ आज नेपाल फर्कन पाउदा साह्रै खुसी छौं।

पुन प्रश्न: अझै पनि नेपाली महिलाहरु साउदी अरब भित्रिने क्रम जारी नै छ उहाँहरुलाई के सुझाव दिन हुन्छ? कोही पनि दिदीहिनीहरु दलालको प्रलोभनमा परेर यो साउदी अरब आउँदै नआउनुहोस् भन्न चहान्छु। हामीले नेपाली दुताबास आएपछि थाहा भयो अहिले राजदुताबास रियादको पहलमा र साउदी अरबमा स्थापित संघ संस्थाको सहायोगमा धेरै महिला दिदीबहिनीहरु आफ्नो देश नेपाल फर्कि सक्नु भएको रहेछन् र नेपालबाट आउने क्रममा पनि रोकावटको पहल चालिरहनु भएको रहेछ। त्यसैले नेपाली दुतावास र साउदी अरबमा स्थापित संघ संस्थालाई धन्यबाद दिन चहान्छु र तमू धिं साउदी अरबलाई बिशेष धन्यवाद दिन चाहन्छौ हामीलाई आफ्नो देश नेपाल जानको लागि हवाई टिकट उपलब्ध गराईदिनु भएकोमा। अन्तमा तमू धिं प्रवास केन्द्रिय समितिका महासचिव श्री खेम तमूले सफल यात्राको कामना सहित तपाईहरुको आगामी दिनहरु सुखमय रहोस् भनि कामना गर्नु भयो।

तमू धिं साउदी अरब


भवदीय,
खेम तमू (महा-सचिव)
तमू धीं साउदी अरब स्था: २०६१
फोन नम्बर: +९६६ ५९० ०४२ ९७३
इमेल: tamudheenksa@gmail.com

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर