.
समाचार,
माओवादी फुटको धक्का दम्पतीसम्म
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 18 June 2012
'आजसम्म त केही समस्या छैन,' नौ वर्षअघि वैवाहिक सम्बन्धमा बाँधिएका शिवको भनाइ छ, 'पार्टी फुट्दा भने असजिलो हुनेछ।'
बौद्ध भेलामै भेटिएकी सरस्वतीले खरिपाटी भेलासँगै सुरु भएको आपसी वैचारिक भिन्नता त्यसयता बढ्दै गएको खुलस्त पारिन्। 'पालुङटार बैठकपछिका एक-दुई महिना त बोलचाल पनि भएन, हेरौं अब के हुन्छ?' वैचारिक विवादले कोठासमेत तात्न थालेपछि पछिल्लो चरणमा उनीहरुले कोठामा राजनीति नछिराउने सहमतिसमेत गर्नुपरेको थियो।
'आफ्नै कोठामा समेत दुवैजना गोप्य रहनुपर्ने स्थिति आयो,' कोचिला राज्य कमिटी सदस्य सरस्वतीले थपिन्, 'उहाँसँग संस्थापन पक्षका योजना हुन्छन्, मसँग किरण पक्षको रुपरेखा।'
उस्तै समस्यामा छन्, संस्थापन पक्षका दिनेश श्रेष्ठ। अहिलेसम्म समस्या घरभित्र छिरिनसके पनि त्यसले ढोका ढक्ढक्याउन भने थालिसकेको उनले बताए।
वैद्य पक्षधर पत्नी सिर्जना लामा वैद्य लाइनमा डटेर लागेपछि यी दुईबीच झाँगिएको वैचारिक विवाद पारिवारिक किचलो बन्ने खतरा बढेर गएको छ। 'अहिलेसम्म समस्या परिसकेको छैन तर पार्टी फुटे यसले परिवारमा नराम्रो समस्या आइपर्न सक्छ,' दिनेशले सुनाए। पालुङटार बैठकदेखि नै आफूहरुबीच राजनीतिक मतभेद रहेको ८ वर्षअघि वैवाहिक नातामा गाँसिएकी सिर्जनाले सुनाइन्।
सिर्जनालाई आफूले रोजेको बाटो गलत लागेको छैन, त्यसैले उनी पतिलाई पनि आफ्नै मार्गमा ल्याउन प्रयत्न गरिरहेकी छन्। 'हेरौं के हुन्छ?' उनले भनिन्।
बारा, सिमराका राजन पौडेलको घरमा यतिबेला छोराको न्वारान तयारी हुँदैछ। तर उनले छोराको भन्दा नयाँ पार्टीको न्वारानलाई महŒवपूर्ण ठाने। त्यसैले उनी हानिए, काठमाडौं।
सिमरामै रहेकी पत्नी प्रतिमा भुषालको प्राथमिकता भने नयाँ पार्टी परेन। उनी पतिको प्राथमिकतामा परेको नयाँ पार्टीको न्वारान असफलतामा टुंगियोस् भन्ने आशसहित बसेकी छन्। कारण- स्पष्ट छ, उनी परिन् दाहाल पक्षकी। 'एउटै परिवारका सदस्य फरक धारमा रहँदा दुवैका राम्रो हुँदैन,' उनले फोनमा भनिन्, 'पति वैद्य पक्षको भएकाले मलाई समेत संस्थापन पक्षले विश्वास नगर्ने वातावरण बनिसकेको छ।'
पाँच हजार राज्य कमिटी सदस्यमध्ये ५० भन्दा बढी परिवारमा आफूहरुको जस्तै समस्या रहेको दिनेशले गुनासो गरे। 'केन्द्रीय तहमा पनि आफूहरुको जस्तै समस्या भइदिएको भए शायद पार्टी फुट्ने/फुटाउने कुरै आउँदैनथ्यो कि?' उनले भने। एक कार्यकर्ताले भने लाइन फरक भएकै कारण पत्नीसँग सम्बन्धविच्छेदको अवस्थामा पुगिसकेको बताए। 'हाम्रा नेताले हिजो सम्बन्धविच्छेदको कुरा गरेका थिए,' उनले भने, 'त्यो त आफ्नै पत्नीसँग पो रहेछ भन्ने बुझ्न बाध्य भइयो।'
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




