.

,

अबुधावीमा १५ असारको अवसरमा सांस्कृतिक कार्यक्रम गरिने I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
लालबहादुर ढेंगा, दुबई
आगामी ६ जुलाई शुक्रबारका दिन अबुधावीको न्यू सिटी प्यालेस रेष्टुरेण्टमा असारे गीत गाउंदै सेलरोटी, दही र चिउराको स्वादसंगै विविध सांस्कृतिक कार्यक्रम सम्पन्न हुने भएको छ । सो सांस्कृतिक कार्यक्रम १५ असारको अवसर पारेर बाग्लुङवासीहरुको सांझा समाज बाग्लुङ सेवा समाज युएईको अबुधावी क्षेत्रीय समितिले आयोजना गर्न लागेको हो ।

स्थापनाकालदेखि नै आफ्नो जिल्लावासीहरुलाई समेट्दै आपतविपत परेको खण्डमा उद्धार तथा सहयोग गर्दै आएको छ भने चाडपर्व र रितीरिवाजलाई पनि कायम राख्दै आएका छन् । नेपाली चाडपर्वमध्ये एउटा प्रसिद्ध चाड १५ असार पनि हो, यस चाडलाई नेपालमा खेतमा रोपाई गरेर हिलोमा खेलेर मनाउने प्रचन रहेको छ । तर, युएईको राजधानी अबुधावीमा भने हिलो र रोपाई नभएता पनि असारे गीत गाउंदै सेलरोटी, अचार, दही र चिउंराको स्वाद लिदै रंगारंग सांस्कृतिक कार्यक्रमका साथ मनाउने भएका छन् ।

उक्त कार्यक्रममा स्थानीय चर्चित गायक सूर्य केसीको विशेष प्रस्तुतिका साथ अन्य कलाकारहरुको पनि विभिन्न प्रस्तुतिहरु रहने छन् । रोजगारीको सिलसिलामा रहेका प्रवासी नेपालीहरुले आफ्नो ड्यूटीको बावजुद पनि आफ्नो परम्परागत चाडहरुलाई मनाउंदै नेपाली संस्कृतिलाई विदेशको भूमिमा पनि उजागर गर्दै आएका छन् । यो एउटा हामी नेपालीहरुको लागि गौरव र खुशीको कुरा हुन् ।

सोही अवसरमा विगतदेखि बागलुङ सेवा समाज युएईलाई सेवा र सहयोग पुर्‍याउने पदाधिकारी र विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरुलाई सम्मानित गरिने जानकारी केन्द्रीय अध्यक्ष गोपालप्रसाद कंडेलले दिनु भएको छ । उक्त अवसरमा युएईस्थित रहनुभएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई यसै समाचारलाई आधार मानेर उपस्थित हुनको लागि समेत आग्रह गरेको छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर