.
प्रवास समाचार,
नव नियुक्त राजदुत महामहिम कमानसिंह लामाको भव्य स्वागत गरिने I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 11 June 2012
द. कोरियाको कृयाशिल संघसंस्थाहरुको संयुक्त आयोजना तथा कोरियन गुम्बाका लामाहरुको विशेष उपस्थितिमा नव नियुक्त राजदुत महामहिम कमानसिंह लामा ज्यू लाई यहि जुन १७ मा भव्य तथा उपलब्धी मुलक रुपले स्वागत कार्यक्रम गर्न गई रहेकोले द. कोरियाका विभिन्न संघ संस्थाका प्रमुख ज्यूहरु, पत्रकार, विद्यार्थी, बुद्धिजिवी, समाजसेवी तथा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा निम्न मिति, स्थान र समय अनुसार उपस्थित भै दिनहुनको लागि आयोजक समितिहरुले हार्दिक अनुरोध गरेको छ । आयोजक संस्थाहरुमा नेपाल बौद्ध परिवार, तमू धीं, नेवा पुचः, शेर्पा संघ, ह्योल्मो परिवार, कास्की परिवार, मनाङ परिवार, मुस्ताङ परिवार, सोलु सम्पर्क समिति, रुपन्देही सम्पर्क समिति रहेको छ ।
स्थानः ईन्टरनेशनल कन्फरेन्स हल (छोगेसा)
मितिः २०१२–६–१७
समयः दिनको ०१:०० बजे
पुनश्चः सोही अवसरमा २५५६ औं अन्तराष्ट्रिय र्याली (पहिलो) दिनमा गाडी निर्माण, स्वयम्भू निर्माण र दोश्रो दिनमा सहयोग गर्ने सदस्यहरु र कलाकारहरुलाई प्रमाण पत्र वितरण गरिने भएको छ साथै नेपाल बौद्ध परिवार कोरिया र कोरियन निर्णयक मण्डलले जातीय पहिचान सहित संस्कृति झल्कने धेरै जातीय संस्थाहरु मध्य एउटा संस्थालाई प्रथम छानिएकोमा सम्पूर्ण सदस्यहरु र जातीय संस्थाहरुलाई उपस्थित हुन नेपाल बौद्ध परिवारका अध्यक्ष ईश्वर गुरुङ्गले अनुरोध गर्नु भएको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




