.

,

टेकु अस्पतालमा सर्पले टोकेका विरामीको चाप

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
काठमाडौं, साउन ४ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकूमा गत बर्षको दाजोमा यो बर्ष सरुवा रोगका बिरामीको चाप घटेको छ भने सर्पको टोकाईबाट उपचारका लागि आउने बिरामीहरुको चाप बढेको अस्पतालका निर्देशक डा.इन्द्र प्रसाद प्रजापतिले बताउनुभयो ।
सर्पको टोकाईका कारण लगाउने खोप स्वास्थ्यसेवा विभागले समयमै खरिद नगरेका कारण खोप अभाव भएको छ । खोप अभावका कारण अस्पतालमा आउने बिरामीहरुलाई अस्पतालको स्टोरमा भए सम्म मात्र खोप लगाउने गरेको निर्देशक प्रजापति बताउानुहुन्छ ।दैनिक ३ सय जनाको हाराहारीमा उपचारका लागि बिरामी आउने गरेको यस अस्पतालमा १ सय जनाको हाराहारीमा कुकुरले टोकेका बिरामीहरु आउने गरेको पनि उहााले जानकारी गराउानुभयो । अन्य बिरामीमा जनचेतना बृद्धि भएर हो वा यस बर्ष खासै रोग नलागेर हो बिरामीको चाप घटे पनि सर्पले टोकेका र कुकुरले टोकेका बिरामीहरुमा भने बृद्धि भएको तथ्यांकमा उल्लेख गरिएको छ ।

गतबर्ष झाडापखाला, वान्ता हुने लगायतका समस्या लिएर आउने बिरामीहरु २ हजार १ सय ५७ जना रहेकोमा यस बर्ष असार मसान्तसम्म १ हजार ७ सय १२ जना मात्र हुनुलाई सकारात्मक रुपमा जनतामा स्वास्थ्यप्रतिको जनचेतना बढेको र बासी तथा सडेगलेको खानेकुरा प्रयोगमा कमी आएको रुपमा अस्पतालले लिएको निर्देशक प्रजापतिले बताउनुभयो ।

त्यसैगरी सर्पको टोकाईबाट गत बर्ष २ सय ९ जना उपचारका लागि आएकोमा यस बर्ष असार मसान्त सम्ममा २ सय ८४ जना आएको तथ्यांकमा उल्लेख गरिएको छ । त्यसैगरी टाईफाईड ज्वरोका कारण गतबर्ष उपचारका लागि आउने बिरामीहरु २ सय ४७ जना रहेकोमा यस बर्ष १ सय ७६ मात्र रहनुले पनि स्वास्थ्य प्रति जनता सचेत भएको मान्नुपर्छ डा. प्रजापति भन्नुहुन्छ । सरुवा रोगका बिरामीहरुमा पनि गत बर्ष असारमा ३ सय ३३ जना रहेकोमा यस असारमा २ सय ६७ जना देखिनुले कमी भएको मान्नुपर्ने डा. प्रजापतिले बताउनुभयो ।

तर बिगत केही बर्षदेखि काठमाडौमा देखिदै आएको हैजाको समस्या यो बर्षको असार महिनामा पनि टेकू अस्पतालमा झाडापखाला लागि उपचारका लागि आएका ताहाचल, टेकू र कालीमाटीका ३ जना व्यक्तिमा देखा परेको निर्देशक प्रजापतिले बताउानुभयो । गतबर्ष टेकू अस्पतालमा उपचारका लागि आउने ५ जनामा हैजाको समस्या देखा परेको थियो ।


VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर