.
बलिउड,
आकर्षण आइटम नम्बरमा
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Thursday, 19 July 2012
अभिनेत्री श्रीय सरनको बलिउड यात्रा खासै सुखद देखिंदैन, तर अब भने उनको सम्भावना बढ्ने देखिन्छ। कारण उनी पनि आइटम गर्ल अवतारमा देखिंदैछिन्। भनिन्छ, श्रीयाले सञ्जय दत्तको 'जिल्ला गाजियाबाद' शीर्षकको चलचित्रमा सेन्सुयल आइटम डान्स गरेकी छिन्। हुनत श्रीयाले यसअघि दक्षिण भारतीय चलचित्रमा पनि आइटम डान्स गरिसकेकी छिन्। बलिउडमा भने यो उनको पहिलो आइटम डान्स हो।उता सचिन कुनाल्करको निर्देशनमा बन्ने चलचित्र 'एइया' मा अभिनेत्री रानी मुखर्जीले एकसाथ तीनवटा आइटम डान्समा कम्मर मर्काउनेछिन्। वास्तविकता र कल्पनाको सम्मिश्रण रहने यो चलचित्रमा अभिनेत्री रानीले चलचत्रिको कथाअनुसार आफ्नो कल्पनामा तीन वटा आइटम डान्स गर्ने कुरा बताएको छ। ६ वटा गीत समाविष्ट उक्त चलचित्रका तीनवटा गीत रानीमाथि छायांकन गरिने आइटम गीत रहेको स्रोतले उल्लेख गरेको छ। पि्रयंका चोपडाले भने आफू आइटम डान्स गर्न इच्छुक रहेको कुरा मिडियाकर्मीहरूमाझ व्यक्त गरेकी छिन्। हालसम्म आइटम नम्बर नगरेकी पि्रयंकाले राम्रो अफर आए आफू आइटम नम्बर गर्न इच्छुक रहेको बताएकी हुन्।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





