.

फेला पर्यो मोनालिसाको कंकाल

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
लियो नार्दो दा भिन्चीले बनाएको मोनालिसाको तस्वीर विश्वचर्चित छ । तर अहिलेसम्म पनि उक्त तस्वीरमा मोनालिसाले दिएको मुस्कानको रहस्य खुल्न सकेको छैन । मोनालिसाको मुस्कानको रहस्य पत्ता लगाउन भन्दै वैज्ञानिकहरु
विभिन्न तरिकाले जुटिरहेका पनि छन् ।

तर अब भने मुस्कानको रहस्य मात्र नभएर मोनालिसाको बारेमा अरु विभिन्न तथ्य खुल्ने आशा गरिएको छ । इटालीमा मोनालिसाको कंकाल फेला परेपछि यस्तो अपेक्षा गढिलो भएको हो ।

वैज्ञानिकहरुले मोनालिसाको पार्थिव सरीर गाडिएको चिहानबाट उनको कंकाल फेला पारिएको दाबी गरेका छन् । खास नाम लीजा गेरार्डिनी भएकी मोनालिसाको कंकाल उत्खननको क्रममा फेला परेको पुरातत्वविद्हरुको भनाइ छ ।

रेशम व्यापारीकी पत्नी रहेकी लीजा गेरार्डिनी अर्थात् मोनालिसाको सन् १५४२ जुलाई १५ तारेखमा पादरी उर्सुलाको चर्चमा निधन भएको थियो । सोही स्थानमा अघिल्लो वर्षदेखि उत्खनन सुरु गरिएकोमा हालै मात्र एक कंकाल फेला परेको हो । उक्त कंकाल मोनालिसाको भएको दाबी पुरातत्वविद्हरुको छ ।

अब मोनालिसाका दुइ सन्तानको अवशेषको डिएनए सँग उक्त कंकालका डिएनएको तुलाना गरी उक्त कंकाल मोनालिसाको भएनभएको पक्का गरिने बताइएको छ । उक्त कंकाल मोनालिसाको भएको पक्का भएपछि वैज्ञानिकहरुले डिएनए संरचनाको आधारमा मोनालिसाको मुखाकृतिको तस्वीर तयार पार्नेछन् । यदि यसरी तयार पारिने तस्वीर लियोनार्दो दा भिन्चीले बनाएको तस्वीरसँग मेल खाएमा त्यसपछि उक्त तस्वीरको मुस्कानको रहस्य खोज्न सकिने विश्वास उनीहरुको छ ।

स्मरण रहोस् लियोनार्दो दा भिन्चीले तेलचित्रको रुपमा बनाएको यो तस्वीर सन् १५०४ मा सुरु गरेर १५१९ मा पूरा गरेका थिए ।



VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर