.

बाबुरामलाई गलहत्याएर निकाल्ने सीपी गजुरेलको चेतावनी

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
 नेकपा-माओवादीका कार्यबाहक अध्यक्ष सीपी गजुरेलले प्रधानमन्त्री बाबुराम भट्टराईले आफै पद नछाड्ने दावी गर्दै आन्दोलनको आँधीबेहरीबाट गलहत्याएर बालुवाटार र सिहदरबारबाट निकाल्ने चेतावनी दिएका छन्।  रिपोर्टर्स क्लबमा बोल्दै उनले आफूहरु आन्दोलनको तयारीमा रहेकोले तयारी पछि भिषण आन्दोलन गरेर स्वेच्छाचारी प्रधानमन्त्रीलाई आन्दोलनबाटै हटाउने ठोकुवा गरे।



गजुरेलले प्रधानमन्त्रीलाई हटाउने आन्दोलनमा नेपाली काग्रेस र नेकपा एमालेले नेतृत्व गरेको मोर्चालाई पनि साथै लिएर हिँडे पनि क्रान्तिकारी शक्तिहरुको तेस्रो मोर्चा निर्माण गर्ने खुलासा गरे।

उनले भने- 'प्रचण्ड र एमाले काग्रेसले नेतृत्व गरेको दुई मोर्चा छ, हामी अलग तेस्रो मोर्चा निर्माण गर्छौ। बाबुरामजीलाई हटाउने विषयमा काग्रेस र एमालेको मोर्चासँग सहकार्य गर्न सकिन्छ तर अरु विषयमा हाम्रो कुरा मिल्दैन।'

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईले नेतृत्व गरेको पार्टीसँग एकता सम्भव नभएको स्पष्ट पार्दै प्रचण्डको भ्रमबाट मुक्त भएर धेरै नेता कार्यकर्ताहरु छिट्टै आफ्नो पार्टीमा आउने र त्यसपछि आफूहरुको पार्टी नै बलियो हुने दावी समेत गजुरेलले गरे।

आन्दोलनले मुलुकमा नेतृत्व जन्माउने दावी गर्दै नेपालका सबै ठूला नेता असफल भइसकेकाले अब छिट्टै आन्दोलनले नेपालमा नेताको खडेरी अन्त्य गर्ने उद्घोष समेत उनले गरे।

प्रचण्डले विस्तारित बैठकमा पेश गरेको प्रतिवेदनले वर्गीय र राष्ट्रिय आत्मसमर्पणवादी भन्ने आफूहरुको आरोप प्रमाणित भएको भन्दै गजुरेलले जनयुद्ध शब्दको उच्चारण नभएको, विप्पा सहित त्रिभुवन विमानस्थल भारतलाई दिने राष्ट्रघाती निर्णयको बारेमा उल्लेख नभएकोले यो पारित भए प्रचण्ड समूहको भविष्य नरहने स्पष्ट पारे।



VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर