.

,

भारतबारे किन मौन छन् प्रचण्ड ?

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
माओवादीका विस्तारित वैठक तथा राष्ट्रिय सम्मेलनहरुमा यस अगाडी पार्टीको भारत नीतिका सम्वन्धमा जति वहस, छलफल तथा विवाद हुने गर्दथ्यो यस पटकको विस्तारित वैठकमा त्यस्तो छैन् । भारतलाई प्रधान सत्रु घोषणा गरेर राष्ट्रिय स्वाधिनताको आन्दोलन चर्काउनु पर्छ भनी सशक्त आवाज उठाउने मोहन बैद्य समुह बाहिरिएपछि वहसको केन्द्रमा छैन् । तर पनि
भारतप्रति नेतृत्वले नरम निती लिएकोमा पार्टीभित्रको असन्तुष्टी नयाँ ढंगले अगाडी आएको छ ।

      यस पटकको विस्तारित बैठकमा प्रस्तुत गरेको निकै लामो राजनीतिक दस्तावेजमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको भारत नीतिका सम्वन्धमा स्पष्ट वोलेका छैनन् वरु घुमाउरो पाराले शान्ति र संविधानको यात्रा सम्पन्न गर्न भारतसँग सहकार्य गनुपर्ने प्रस्ताव गरेका छन् । यस अगाडी गोरखाको पालुङटारमा सम्पन्न छैटौ विस्तारित वैठकमा प्रचण्डले बैद्य समुहको दवावमा प्रधान शत्रु आन्तरीक र वाहय शक्ति घुलमिल भएर आएको वताएका थिए । त्यसैगरी बैद्यलाई खुसी पार्नका लागि सो विस्तारित बैठकले राष्ट्रिय स्वाधिनताको आन्दोलन गर्ने निर्णय पनि गरेको थियो ।

भारतप्रतिको दाहालको कडा नितीको विरोध गदै उपाध्यक्ष वावुराम भट्टराईले असहमति जनाएका थिए । उनले भारतसँगका समस्याहरु सडकमा गएर होइन कुटनितिक माध्यममार्फत नै समाधान गर्नुपर्ने जिकिर गरेका थिए । प्ाालुङटार विस्तारित वैठकपछि प्रचण्डले आफ्नो दस्तावेजमा भनेजस्तो राष्ट्रिय स्वाधिनताको आन्दोलन चर्काउने कार्य गरेनन् वरु उल्टै भारतसँग सम्वन्ध सुधारका सूत्रहरु परिचालन गर्नतिर लागे । माओवादी विभाजनका धेरै कारणहरुमध्ये राष्ट्रिय स्वाधिनताको मुद्दा पनि एउटा महत्वपूर्ण कारण हो ।

वैद्य पक्षको वर्हिगमनपछि पनि पार्टीभित्र राष्ट्रिय स्वाधिनताको विषय सेलाएको छैन् । जारी विस्तारित बैठकमा प्रचण्डले भारतका सम्वन्धमा लिएको ढुलमुले र अस्पष्ट नितीको विरोध भईरहेको छ । माओवादी भित्र अझै पनि एउटा ठूलो समूह पार्टीले भारतीय हस्तक्षेपको विरोध गदै राष्ट्रिय स्वाधिनताको विषयलाई अगाडी वढाउनु पर्छ भन्ने पक्षमै छ । जनयुद्धको समयदेखि नै माओवादीले भारतसँग भएको असमान सन्धी सम्झौता खारेज हुनुपर्छ भन्ने माग राख्दै आएको थियो । दाहालले भारतसँग लिएको नरम नीतिको पनि विरोध भईरहेको छ तर पनि उनी अहिले भारतसँगको सम्वन्धबारे धेरै वोल्न र वहस गर्न चाहादैनन् । यसका पछाडीका दुईवटा कारण छन् ।

पहिलो, दाहाल भारतको सहयोगमा आफूले चाहे अनुसारको संविधान निर्माण गर्न चाहान्छन ्। काँग्रेस र एमालेसँग संघर्ष गर्नका लागि भारतको साथ चाहिने उनको निष्कर्ष छ । माओवादी नेताहरु अनौपचारिक कुराकानीमा दाहालको अहिलेको लक्ष्य भारतसँग मिलेर काँग्रेस एमालेसँग लड्नु रहेको वताउँछन् । भारतकै सहयोगका कारण वर्तमान सरकार टिकिरहेको उनको विश्लेषण ठम्माई छ । भारतसँग राम्रो सम्वन्ध कायम रहेका राष्ट्रपतिले प्रधानमन्त्रीलाई हटाउन नसक्ने बिश्वासमा प्रचण्ड र माओवादी पार्टी रहेको देखिन्छ । संक्षेपमा भन्दा भारतलाई साथ लिएर आफूले भने अनुसारको निर्वाचन गराएर वैधानिक रुपमा सत्ता कब्जा गर्ने प्रचण्डको दाउ हो ।

दोस्रो, पाटीभित्र उनकै केही सहयोगीहरु राष्ट्रियतको आन्दोलन चर्काउनुपर्छ र भारतीय हस्तक्षेपको विरोध गनुपर्छ भन्ने पक्षमा छन् । उनी त्यो समूहलाई चिढाउने पक्षमा छैनन् । भारतको विरोध गर्दा भारत विच्किने डर उनलाई छ भने भारतको समर्थन गर्दा राष्ट्रिय स्वाधिनताका पक्षधहरु उनीबाट टाढा हुने डर छ । त्यसैले उनी भारतसँग मौन रहेर सम्वन्ध सुधार गर्ने पक्षमा छन् । भर्खरै सम्पन्न केन्द्रीय समिति बैठकमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, लिलामणी पोखरेल, अग्नी सापकोटा, स्वनाम साथी, आहुती लगायतका नेताहरुले अध्यक्षको प्रतिवेदन भारतबारे मौन रहेकोमा आलोचना गरेका थिए ।

माओवादीमा सबैभन्दा भारतपरस्त भनेर चिनिएका नारायणकाजी श्रेष्ठ अचानक राष्ट्रिय स्वाधिनताको पक्षमा उभिएका छन् । उनले अध्यक्षले भारतप्रति नरम नीति लिएकोमा आपत्ति जनाउँदै फरक मत राख्न सक्ने समेत धम्की दिएका छन् । आखिर किन विगि्रयो श्रेष्ठको भारतसँगको सम्वन्ध ? जानकार माओवादी नेताहरुका अनुसार भारतसँगको विपा सम्झौताको समयमा श्रेष्ठ त्यसको विपक्षमा उभिएपछि भारत उनीसँग चिढिएको छ । प्रधानमन्त्रीसँगै भारत भ्रमणमा रहेको समयमा उनले प्रधानमन्त्रीलाई पटक-पटक विपा सम्झौता नगर्न दवाव दिएका थिए तर बाबुरामले मानेनन् । उनले पार्टीको वैठकमा पनि विपा सम्झौता राष्ट्रियता विरोधी भएको वताएका थिए । भारत आफूसँग चिढिएपछि उनले पछिल्लो समयमा राष्ट्रिय स्वाधिनताको विषयलाई प्राथमिकता दिएका छन् । विस्तारित वैठकलाई सम्वोधन गर्ने क्रममा पनि उनले राष्ट्रिय स्वाधिनता प्रमुख विषय भएको वताएर चर्को राष्ट्रियताको स्कुलिङमा हुर्किएका कार्यकर्ताको मन जित्ने प्रयत्न गरे । धेरैले यसलाई नारायणकाजीको भारतसँग घुर्की भनि वुझेका छन् । त्यसैगरी श्रेष्ठले भारतविरोधी कुरा गरेर पाटी भित्रको एउटा ठूलो पंक्तिलाई प्रभावित पारि आफ्नो पोजिसन वलियो वनाउन लागेको पनि देखिन्छ । माओवादी भित्र र वाहिर एउटा समूह छ जसले नेपालमा भएको भारतिय हस्तक्षेपको विरोघ गर्छ, त्यो समूलाई प्रभावित पार्ने योजना श्रेष्ठको देखिन्छ ।

यसरी माओवादी भित्र भारतको विषयलाई लिएर हुने विवाद र वहस निरन्तर अगाडी वढ्ने देखिन्छ । तत्काललाई वैद्यको ठाउँ श्रेष्ठले लिन खोजेको देखिएपनि दीर्घकालिन रुपमा उनी आफ्नो अडानमा कति टिक्ने हुन हेर्न वाँकी छ । तर स्पष्ट हुँदै गएको कुरा चाहि के हो भने दाहाल र भट्टराईले भारतको साथ बिना नेपालमा राजनीति गर्न र सत्ता प्राप्त गर्न सकिदैन भन्ने महशुस गरिसकेका छन् । तर विगतमा भारतको वारेमा उनीहरुले कार्यकर्ताको दिमागमा वनाईदिएको नकारात्मक इमेज हटाउन भने केही समय लाग्ने देखिन्छ । यही कुरालाई इङगित गर्दै दाहालले प्रतिवेदनमा भनेका छन्- अन्तराष्ट्रिय परिस्थितीबारे कार्यकर्तालाई समयमै जानकारी गराउन सकिएन ।

-वशिष्ट शर्मा उपाध्याय (लेखक राजनीतिशास्त्रमा स्नातकोत्तर गर्दैछन् ।)


VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर