.
Feature समाचार,
पुर्वराजा ज्ञानेन्द्र पूर्वपन्चहरुको पार्टीलाइ एकजुट गराउदै I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Saturday, 17 March 2012
४ चैत: पूर्वपञ्चहरुको तीन पार्टीबीच पुनः एकीकरण प्रक्रिया सुरु भएको छ । पूर्वराजा ज्ञानेन्द्रको निर्देशनमा पूर्वपञ्चहरुको पार्टी राष्ट्रिय जनशक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्त पार्टी र राप्रपा नेपाल बीच बीच पुनः एकिकरण प्रक्रियामा अघि बढेको छ ।राप्रपा नेपालले संवैधानिक राजतन्त्र र धर्मनिरपेक्षतालाई बटमलाईन बनाएपछि तीन पार्टीबीचको एकता प्रक्रिया केही समयअगाडि तुहिएको थियो ।
सो जानकारी पाएलगत्तै पूर्वराजाले राजपा अध्यक्ष सूर्यबहादुर थापा र राप्रपा अध्यक्ष पशुपतिसमसेर जबरालाई एकताका लागि गृहकार्यसहित अघि बढ्न निर्देशन दिएको एक वरिष्ठ नेताले बताएका छन् ।ज्ञानेन्द्रले नातिको बिहेको निमन्त्रता दिन आइपुगेका बेला राजपा अध्यक्ष थापालाई तीन पार्टीबीच एकता हुनैपर्ने भन्दै राजतन्त्र र धर्मनिरपेक्षालाई बाइपास गर्ने काम नगर्न सुझाएका थिए । पूर्वराजाको निर्देशनपछि राप्रपा र राजपाले राप्रपा नेपालले बटमलाइन बनाएको संवैधानिक राजतन्त्र र हिन्दु अधिराज्यको मागमा सहमति जनाइ एकीकरण प्रक्रिया निकै अगाडि बढेको एक नेताले बताएका छन् ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





