.
Feature समाचार,
मुनको भ्रमणमा मानवअधिकारवादी द्वारा तगारो I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Saturday, 17 March 2012
४ चैत : लुम्बिनी बिकाशका लागि अन्तराष्ट्रिय सहयोग जुटाउन एबं भाग लिन आगामी बैशाखमा हुन लागेको राष्ट्रसंघका महासचिव बान की मुनको भ्रमण रोक्न नेपालका केही ‘मानवअधिकारवादी’ले यहाँस्थित कुटनीतिक नियोगसमक्ष गुहार मागेका छन् । राष्ट्रसंघ सुरक्षा परिषद्का पाँच स्थायी र १० अस्थायी सदस्य राष्ट्रका नेपालस्थित नियोग प्रमुखलाई भेट्दै उनीहरुले वानको आसन्न भ्रमणले माओवादी अध्यक्ष प्रचण्डको राजनीतिक छवि पुनर्निमाण गर्न मात्र सघाउने भन्दै त्यसको मतियार नबन मुनसमक्ष दबाब सिर्जना गरिदिन आग्रह गरेका छन् ।
राष्ट्रसंघका पूर्व सहायक महासचिव कुलचन्द्र गौतम, हिमाल मिडियाका संचालक कनकमणि दिक्षित, इन्सेकका अध्यक्ष सुवोधराज प्याकुरेल, एडभोकेसी फोरमकी मन्दिरा शर्मा, मानवअधिकारवादी चरण प्रसाईं लगायतले ती राजदूतलाई भेटी सुरक्षा परिषद्को वैठकमा बिरोध गरेरै भएपनि मुनको आसन्न भ्रमण रोक्न माग गरेका छन् । प्रचण्डले ‘शान्तिबादी नेता’का रुपमा आफ्नो राजनीतिक छवि बनाउन मुनको ब्यक्तित्वलाई दुरुपयोग गर्न खोजेको भन्दै उनीहरुले त्यस्तो चालबाजी नफस्न आग्रह गरेको नेपालस्थित एक युरोपेली दूतावासका अधिकारीले बताएको बुझिएको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





