.
अपराध समाचार,
रोजगारका लागि साउदी लगिएकी महिलाको मुम्बइमा हत्या भयो I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Wednesday, 29 August 2012
१४ भदौ, काठमाण्डौं । गैरकानुनी रुपमा साउदी अरबमा रोजगारीका लागि लगिएकी एक महिलाको भारतको मुम्बईमा हत्या भएको छ । झापाको गौरादह ४ खरेलटोलकी २५ बर्षकी माया दर्नालको एक महिना अघि मुम्बईमा हत्या भएको हो । उनीसँगै गएकी अर्की महिला भने बेपत्ता छिन् ।
परिवारले दिएको जानकारी अनुसार जेठ १८ गते नातामा ज्वाई पर्ने एजेन्टले मायालगायत सो टोलका सपना श्रेष्ठ र पवित्रा बुढाथोकी गरी तीन जनालाई लगेका थिए । ‘मायाका ज्वाईले साउदीमा राम्रो हुन्छ, पैसा पनि धेरै लाग्दैन भनेर लगेको’ बताउँदै पवित्राकी सासू तीला बुढाथोकीले भनिन् ‘दुई महिनादेखि मेरी बुहारीको पनि फोन लाग्दैन्, उनले पनि फोन गरेकी छैनन्, सँगै गएकी साथीको पनि यो हालत भयो, हामीलाई डर लागिरहेको छ ।’ मायाका ज्वाई पने सतासीधाम झिलझिलेका गोपाल सापकोटाले उनीहरुलाई भातर भएर सजिलै अरब पुग्न सकिने भनेर लोभ्याएर लगेको कान्तिपुर दैनिकमा खबर छ ।
राहदानी बनाउने लगायत प्रक्रियागत सवै काम एजेन्ट गोपालले नै गरेको परिवारले जनाएको छ । मुम्बई पुगेको केही दिनमै आफुलाई झाडापखाला लागेको भन्दै सासु देबीलाई फोन गरेकी थिइन् । त्यसको केही दिनमै साउन आठ गते माइजु वितिन् भनेर ज्वाइले फोन गरेको देबीले बताईन् । ८ गते मरेकी भनिएको मायाको शव ११ गते काठमाण्डौं ल्याइएको थियो । मायाको शव हेर्दा घाँटीमा र पाखुरामा गहिरो चोट लागेको छ ।
मायालाई मुम्बईको कोठीमा राखिएको र त्यहाँबाट भाग्नेक्रममा उनको हत्या भएको हुनसक्ने गाउँलेहरुको अनुमान छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





