.
समाचार,
मामफाली झुप्पा डान्सबारमा बेचिएका दुई नेपालीचेलि भागेर नेपाल I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 11 June 2012

३० जेठ: पछिल्लो समयमा चीनको खासा बजारमा पनि नेपाली चेलिहरुको बेचिनेक्रम बढेको छ । खासाबजारको मामफाली झुप्पा डान्सबारमा बेचिएका दुई नेपालीचेलि भागेर नेपाल आएपछि यस्तो रहस्य खुलेको हो ।
खासामा बेचिएका काठमाण्डौंकी १७ बषिर्या संगीना श्रेष्ठ र सर्लाहीकी १५ बर्षीया समिता मगर [ दुवैको नाम परिर्वतन गरिएको ] त्यहाँबाट जोखिम मोलेर भाग्न सफल भएका हुन् । माइती नेपालमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनीहरुले खासामा नेपाली चेलीमाथि हुने यौन शोषणको दर्दनाक विवरण उनीहरुले सुनाए ।
उनीहरुले खासाका विभिन्न स्थानमा नेपालीले सञ्चालन गरेको डान्सबारमा १ सय ५० जना भन्दा बढी नेपाली चेलीहरुको यौनशोषण भइरहेको बताएका छन् । डान्सबासमा साँझ ६ बजेदेखि विहान ७ बजेसम्म जवरजस्ति यौनव्यवसाय गर्न बाध्य बनाईने पनि उनीहरले बताएका छन् ।
सुरुमा १० हजार रुपैयाँ तलब पाएपनि पछि पैसा पाए भाग्छन भनेर साहुले तलब नै नदिएको पनि गुनासो गरेका छन् । उनीहरुलाई आफ्नै साथीले खासामा राम्रो काम पाईन्छ पैसा पनि राम्रो कमाई हुन्छ भन्दै लगेको बताएका छन् । आफुहरुलाई लाने साथी अहिले भने सम्पर्क बाहिर रहेको भन्दै यस्तो घटना दोहोरिन नदिन सरोकारवालालाई उनीहरुले माग समेत गरेका छन् ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




