.
प्रवास,
साउदी अरबको जेलमा बन्दी जीवन बिताइरहेका दाइको जीवनरक्षाको पहल गरिदिन आग्रह I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 27 May 2012
तीन महिनादेखि साउदी अरबको जेलमा बन्दी जीवन बिताइरहेका दाइ बिरामी भई जीवनमरणको दोसाँधमा पुगेकाले जीवनरक्षाको पहल गरिदिन उनकी बहिनीले आग्रह गरेकी छन् ।
सङ्खुवासभा जिल्ला याम्फु गाविस–६ निवासी पूर्णबहादुर राईका २४ वर्षीय छोरा अशोक साउदीको जेलमा तीन महिनादेखि रहेको र अहिले घाँटीमा घाउ आई उनी जीवनमरणको दोसाँधमा भएकाले उनको जीवनरक्षाको माग गर्दै उनकी बहिनी सीताले धनकुटामा पत्रकार सम्मेलन गरी आग्रह गरेकी हुन् ।
राईका अनुसार अशोक पाँच वर्षअघि काठमाडौँको ब्रिलियन्ट मेनपावरमार्फत रु एक लाख २० हजार तिरी रोजगारीका लागि साउदी अरब पुगेका थिए । त्यहाँ पुगेपछि तोकिएको तलब नदिएपछि उक्त कम्पनी छाडेर उनी अर्को कम्पनीमा रोजगारी गर्न गएका थिए तर उनले काम गरिरहेको कम्पनीमा गत मार्च महिनामा साउदी प्रहरीले गिरफ्तार गरी उनलाई हाल दम्मन को ९१ नं जेलको ४ नं. कोठामा राखिएको छ । उनका बहिनीका अनुसार जेलमा अत्यधिक यातनाका कारण शारीरिक अवस्था अत्यन्तै कमजोर भएकाले तत्काल उद्धार गर्नुपर्ने अवस्था छ ।
राईसँगै १३ जनाले नेपाल फर्किनलाई फर्म भरेकामा पक्राउ परेको १५ दिनमै ६ जनालाई नेपाल फर्काएको तर बाँकी सातजनालाई भने अझै पनि नछाडिएको बताइएको छ । पक्राउ पर्नेमा इलामका दिनेश राई, धनकुटाका नवीनकुमार कटुवाल, रोल्पाका नवीन बुढा मगर, म्याग्दीका खुमबहादुर मगर, बुटवलका खेमलाल पुन र विक्रम श्रेष्ठ रहेको टेलिफोनमार्फत पत्रकारलाई अशोक राइले बताए । पक्राउ परेका राईलाई सम्पर्क गर्दा उनले साउदी अरबका विभिन्न जेलमा एक हजार २०० भन्दा बढीले जेलजीवन बिताइरहेको बताए ।
राईकोे स्वर निकै कमजोर र बोल्न समेत समस्या भएपछि मेसेजमार्फत पत्रकारलाई उनले जानकारी गराएका थिए । टेलिफोन गर्न नपाइने भए पनि उनले लुकेर फोन मार्फत जानकारी गराएको उनकी बहिनी सीताले बताइन् । सीताले मेनपावरका सञ्चालक उदय पाण्डेलाई समेत तोकिएको अनुसारको तलब नदिएका कारण कारबाही गर्न आग्रह गरिन् ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





