.

,

बाबुरामले मसँग भनेका थिए कि राजा र हामी मिलेपछि सबै दल खत्तम हुन्छन् : कमल थापा

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
- राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान सभा विघटनसँगै राजनीतिक दलहरुको हैसियत समाप्त भएको बताएका छन्। चार वर्षअघि पाएको मतका आधारमा आफूलाई अझै सशक्त ठान्नेहरुलाई यो नयाँ शक्तिको उदयले पाठ सिकाएको भनाई पनि उनको थियो।

 अब चार दलको सिन्डिकेट मुलुकमा नचल्ने भनाई पनि उनको थियो। अब यो उदाउँदो शक्तिको सहभागिताविना मुलुकमा केही पनि लागु हुन नसक्ने भनाई उनको थियो।

संविधान सभाको मृत्युवरण भइसकेको बताउँदै उनले संविधान सभाको विघटनको कारण मधेसवादी दललगायत् प्रमुख तीन दल जिम्मेवार रहेको पनि बताए। जिम्मेवारी कम, बढी हुनु स्वाभाविकै भए पनि यी सबै दल संविधान सभा हत्याका लागि जिम्मेवार रहेको उनले बताए। ६ वर्षका बीचमा एक सय अर्बभन्दा बढी रकम यो संविधान सभाका नाममा खर्च भएको भन्दै उनले त्यो गरिब जनताको सम्पत्तिको दुरुपयोग पनि बताए।

मरिसकेको संविधान सभा ब्युँतनै नसक्ने भनाई राख्दै थापाले चार दलले सल्लाह गर्दैमा संविधान सभा पुनर्स्थपन हुनै नसक्ने बताए। अनि चुनावबाहेक अर्को विकल्प नभएको पनि उल्लेख गरे। यो सरकारबाट निश्पक्ष चुनाव हुन नसक्ने भएकाले बहालवाला वा पूर्व न्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्नुपर्ने भनाई पनि उनले राखे।

उनले कि चुनाव गराउन र चुनाव नगराए २०४७ सालको संविधान ब्युँताउन माग गरे। हिँजो नेपाली जनताको अनुमतिविना हिन्दू राष्ट्रको पहिचान मेटाएको भन्दै उनले त्यसका लागिमात्र नभई यसैगरी राजसंस्थासमेत हटाइएको घोषणा गरिएकाले यसबारे जनमत सङ्ग्रहमा जान चुनौती दिए। नभए सडकबाटै २०४७ सालको संविधान लागु गराउने चेतावनी पनि उनले दिए।

भारतमा माओवादीसँग भएको १२ बुँदे सम्झौताको औचित्यसमेत अब सकिएको भन्दै त्यो अप्राकृतिक सहमति कुनै हालतले उचित नभएको दाबी पनि गरे। १२ बुँदेको सहमति दुई गन्तव्य भएका यात्रीको सहकार्य जस्तै हो, यो टिक्दैन भनेका थियौं तर भयो त्यस्तै- उनले थपे।

हामीले चुनाव जितेमा नेपाललाई स्वीट्जरल्याण्ड बनाउँछौं भन्नेहरुले देशलाई यो अवधिमा हरिकङ्गाल बनाए भन्दै उनले थपे- नेपालको इतिहासमा अहिलेजस्तो खुला र नाङ्गो भ्रष्टाचार कहिल्यै नभएको पनि बताए। सुडान भ्रष्टाचार काण्डले विश्वमै रेकर्ड राखेको भनाई पनि उनको थियो।

माओवादीले लडाकुको नाममा आएको १ सय ५० करोड रुपियाँ भ्रष्टाचार गरेर भ्रष्टाचारमा कीर्तिमान कायम गरेको भन्दै इमानदार माओवादी कार्यकर्ता भएमा यसको हिसावकिताव माग्‍नुपर्ने सुझाव पनि दिए।

थापाले भने- हापुरेमा माओवादीसँग वार्ता भएका बेला अहिलेका प्रधान मन्त्री बाबुराम भट्टराईले राजाले हामीलाई सत्ता दिन्छन् कि दिँदैनन् भनेर सोधे, अनि मैले अरु दल पनि छन्, तपाईंहरुलाई मात्र कसरी दिन सक्छन् र भनें। त्यसपछि उनले राजा र हामी मिलेपछि अरु सबै दल खत्तम हुन्छन् भने। त्यसैले माओवादीले चाहेकै सर्वसत्तावाद भएको उनको भनाई थियो।

उनले थपे- माओवादी सांस्कृतिक राजा राख्‍न तयार भएको थियो। राजाले त्यो मानेको भए आज पनि कायमै रहन्थे। तर देश र जनताका लागि राजाले त्यो मानेनन्।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर