.
कास्मिरको समाधान बाहिरबाट खोज्नुहुन्न : ओबामा
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Tuesday, 17 July 2012
आइतबार आयोजित एक कार्यक्रममा ओबामाले अमेरिका र पाकिस्तानबीच उत्पन्न गतिरोधसम्बन्धमा सोधिएको प्रश्नको जवाफमा यस्तो धारणा राखेका हुन् । भारत र पाकिस्तानबीच वार्ता पुन: सुचारु
भएकोप्रति उनले सन्तोष व्यक्त गरे । ‘जम्मु र कास्मिर अमेरिकासहित कुनै पनि बाह्य पक्षले समाधान लाद्न मिल्ने ठाउँ होइन । यसका लागि भारत र पाकिस्तानबीच सहमति बन्नुपर्छ,’ उनले भने । स्थिर, सम्पन्न र प्रजातान्त्रिक पाकिस्तानका पक्षमा अमेरिका रहेको उनले बताए ।
भारत र पाकिस्तानबीचको तनाव कम हुनु दक्षिण एसियाका लागि मात्र नभई सम्पूर्ण विश्वका लागि सकारात्मक हुने धारणा उनले व्यक्त गरे । केही समयअघि पाकिस्तानी राष्ट्रपति असिफ अली जर्दारीले भारत भ्रमण गरेको प्रसंग कोट्याउँदै ओबामाले भने, ‘भारत र पाकिस्तानबीचको सम्बन्ध सुधार्न भइरहेको प्रयासले थप सुधारको आशालाई जन्म दिएको छ ।’
अफगानिस्तानबाट नेटो सैनिक फिर्ता हुने दिन नजिकिँदै जाँदा अफगान मामिलामा भारतको भूमिका प्रभावकारी हुने उनले प्रस्ट पारे । ‘अफगानिस्तानको भविष्यका लागि भारत महत्त्वपूर्ण रहनेछ,’ उनले भने । सन् २०१३ को मध्यदेखि अफगानिस्तानमा हुने सबै प्रकारका फौजी कारबाहीको जिम्मा अफगान सेनाले लिने तय भएको छ । अफगान फौजलाई सहयोग पुर्याउने हदसम्म मात्रै नेटो सैनिक सीमित हुने दिन नजिकिँदै गर्दा ओबामाले अफगानिस्तानमा भारतको भूमिका महत्त्वपूर्ण हुने जनाएका हुन् । अफगानिस्तानबाट नेटो सैनिक फर्किने तय भएपछि भारतले त्यहाँ आºनो भूमिका बढाउन चाहिरहेको छ । तर, पाकिस्तानले भने भारतको यस्तो अभीष्ट आफूविरुद्ध लक्षित रहेको आरोप लगाउँदै आएको छ ।
एसिया–प्यासिफिकमा अमेरिकी अग्रसरता चीनको उदय रोक्न लक्षित रहेको विश्लेषण भइरहेका बेला ओबामाले चीनको उदयलाई अमेरिकाले स्वागत गर्ने प्रस्ट पारेका छन् । क्षेत्रीय तथा विश्व सुरक्षा, समृद्धि तथा शान्तिमा टेवा पुर्याउने शान्त र सम्पन्न चीनको उदयका पक्षमा अमेरिका रहेको उनले बताएका छन् ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




