.
समाचार,
बिरोध बढेपछी प्रधानमन्त्रीपुत्री मानुषीले दिईन क्यान सदस्यबाट राजिनामा ।
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Saturday, 17 March 2012
प्रधानमन्त्री डा. वावुराम भट्टराईकी पुत्री मानुषी यमी भट्टराईले आफू नेपाल क्रिकेट संघ क्यानको सदस्यमा नबस्ने स्पष्ट पार्नु भएको छ ।
शनिवार विज्ञप्ती जारी गरी मानुषीले ‘प्रधानमन्त्रीपुत्री’ का रुपमा आफुलाई क्रिकेट संघमा नियुक्ति गरिएको भन्दै एउटा वृत्तबाट भ्रम सृजना गर्न खोजिएको र प्रधानमन्त्रीलाई अनावश्यक रुपले विवादमा तान्न खोजिएकाले क्यानको सदस्य पदमा नबस्ने घोषणा गर्नु भएको हो ।
आफ्नो निुयक्तिबारे बाबु प्रधानमन्त्री भट्टराईलाई थाहा नभएको भन्दै मानुषीद्धारा जारी विज्ञप्तीमा भनिएको छ-’क्रिकेट संघमा मलाई राखियोस् भन्ने मेरो निवेदन कहिल्यै पनि रहेन । यो विषयमा प्रधानमन्त्रीलाई जानकारी छैन ।’ उहाँले आफ्नो नियुक्तिको विषयलाई लिएर केही सञ्चारमाध्यमले गरेको टिकाटिप्पणीप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नु भएको छ ।
अन्तराष्ट्रिय क्रिकेट स्टेडियम आफू स्ववियु सचिव रहेको त्रिभुवन विश्वविद्यालयको हाताभित्र रहेको र क्रिकेटको विकासमा त्रिविको महत्वपूर्ण भूमिका रहेको भन्दै मानुषीले महिला क्रिकेटको प्रवर्द्धनका निम्ति छात्राहरुलाई प्रोत्साहित गर्नुपर्छ भन्ने क्यानले बुझेको बताउनु भएको छ । उहाँले छैठौं राष्ट्रिय खेलकुदमा त्रिवीको क्रिकेट टिमलाई सहभागी गराउन आफूले भूमिका खेलेको भन्दै क्रिकेटको विकास एवं प्रवर्द्धनमा आगामी दिनमा पनि क्रियाशिल रहने बताउनु भएको छ ।
यसैबीच राष्ट्रिय खेलकुद परिषद्ले क्यानमा मानुषीको नियुक्ति प्रधानमन्त्रीको दबावमा नभएको बताएको छ । शनिबार विज्ञप्ती जारी गरि राखेपले मानुषीलाई क्यानले सदस्य वनाउनुको अर्थ यस विधामा जुझारु युवा महिला नेतृको प्रतिनिधित्व गराउने उद्धेश्य भएको बताएको छ ।
राखेपको ऐनले आफू मातहतका हरेक खेल संघमा दुई जना पदेन सदस्य मनोनयन गर्ने अधिकारप्रत्यायोजन गरे वमोजिम भट्टराई र दीपक साउदलाई सदस्यमा मनोनयन गरेको विज्ञप्तीमा उल्लेख रहेको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





