.
प्रवास समाचार,
बेल्जियममा नेपालिहरुले गल्ती गर्दैछन: कावा राजदुत खरेल
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 19 March 2012
शनिवार मनकामना भिजेडब्लु बेल्जियमले आयोजना गरेको नेपाली बालबालिकाहरुको सहयोगार्थ रात्रिभोज कार्यक्रममा सहभागि खरेलले ब्रुसेलनेपाल सँग कुरा गर्दै बेल्जियममा नेपालिहरु एकलकाटे भएर जीवन जिउन लागेको र अर्काको देशमा बसे पछी उनिहरु बिच आपसी सद्भाव र संपर्क बढाउन नसकेकोमा गुनासो गर्दै नेपालिहरुले गल्ती गर्न लागेको बताउनु भयो ।
'बेल्जियममा नेपाली बसोवास बढ्दै गईरहेको र व्यापार व्यवसाय पनि राम्रो फैलिरहेको छ, यो खुशीको कुरा हो तर बेल्जियममा यहाँको बेल्जिक समुदाय सँग नेपालिहरु भिज्न सकेका छैनन । यो देख्दा सार्है दु:ख लागेको छ । नेपाली एक्लै एक्लै रमाउन खोज्नु भविश्यका लागि हानिकारक सिद्द हुन सक्छ ।' हाम्रा बालबालिका एव नयाँ नेपाली पिडीहरु तिरस्कारका पात्र नबनुन भन्ने जनाउदै बिभिन्न क्षेत्र र कार्यहरुमा आपसी सहभागिता मुलक कार्यहरु गर्न उहाले जोड दिनुभयो ।
'कला संस्कृतिमा नेपाली धेरै धनी छौ र बेल्जियममा हरेक जात जातिका नेपाली हरुले आ-आफ्नो चाडपर्व राम्रो सँग मनाउने गर्दछन । यहाँ नेपाली आफ्नो कला र संस्कृतिको जगेर्नामा कटिबद्द भएर लागेका छन, यो हाम्रो कर्तव्य पनि हो । तर हामी एक्लै एक्लै कुनै कुनामा लुके झै गरी गर्ने यस्ता कृयाकलापहरुले बेल्जिक एव गैर बेल्जिकहरुलाई चिढाउन मद्दत पुग्न सक्दछ र अर्काको देशमा हामी आफ्नो रवाफ देखाउन थाले जस्तो भान पर्न थालेको छ ।' जसमा हामी बेलैमा सचेत हुनु जरुरी रहेको बताउदै कावा राजदुत खरेलले बेल्जिक समुदाय सँग आपसी सम्बन्धको बिस्तार गर्दै सामाजिक, सास्कृतिक एव अन्य गतिविधीहरु गर्न नेपाली समुदाय सँग आग्रह गर्नु भयो ।
हिटलरको पालामा जर्मनिमा घटेको घटनाको स्मरण गर्दै नाजी र जियु हरु बिचको जस्तो जातिय हिंशा र अपहेलना नेपाली समुदाय समक्ष नहोस भन्दै यस तर्फ ध्यान दिन आग्रह गर्नुभयो ।
साथै आर्थिक सम्बृद्दिको लागि नेपालिहरु विदेशिएको जनाउदै आर्थिक उन्नती र बिभिन्न पेशामा दक्षता हासिल गरिसके पश्चात सबै लाई नेपाल फर्कन समेत आग्रह गर्नुभयो ।
नेपाली दुताबास बेल्जियम यहाँ रहेका नेपालिहरुको भविश्य प्रती चिन्तित रहेको जनाउदै दुताबास र आफ्नो व्यक्तिगत तवर बाट नेपाली समुदाय र नेपालको हितमा सक्दो सहयोग गर्ने प्रतिबद्दता जाहेर गर्नु भयो ।
बेल्जियमका लागि नयाँ नेपाली राजदुत राममणी पोख्रेल ज्युको एग्रिमो आएको र वहाँ छिट्टै नै बेल्जियम आउनुहुने बताउदै अहिले काउन्शुलर कुमार राज खरेलले कार्यवाहक राजदुतको रुपमा आफुले काम गरी रहेको बताउनु भयो
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




