.
प्रवास,
गोर्खालीको वारेमा CWGC ले आफनो भुल सच्यायो I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 18 March 2012
विश्वमा गोर्खाली भनेर चिनाउने नेपाली दाजु भाइहरुको राष्टियता भारतिय उल्लेख भए पछी कसको मनमा चिसो नपर्ला । प्रथम विश्व युद्धमा वेल्जियमको इपर शहरमा आइ विरगति प्राप्त गर्ने नेपाली दाजुभाइहरुको राष्टियता समेत भारतिय उल्लेख गरिएको थियो ।
केही वर्षअधि नेपालका तत्कालिन परराष्ट मन्त्री सुजाता कोइरालाले समेत इपर भ्रमण गरि विर गोखाली प्रति केही गर्न नेपाल सरकारको तर्फाट सहयोग गर्ने वचन दिएका थिइन । आफनो कार्यकालको अन्तिम अवस्थामा वेल्जियम स्थित नेपाली राजदुत प्रमेश कुमार हमालले पनि इपरको वारेमा आफ'
mे सक्दो गर्ने वताउदै वेल्जियम स्थित नेपाली दुतावास र एन आर एन वेल्जियमको संयुक्त प्रयासमा इपर अध्ययन समिती गठन गर्न भुमिका खेल्नु भएको थियो । नेपाली दुतावास वेल्जियमका मिनिष्टर काउन्सिल कुमार राज खरेलको संयोजकत्वमा वनेको सो समतिीमा एन आर एन आइ सि सि सदस्य अर्जुन कुमार श्रेष्ठ एन आर एन वेल्जियमका पर्ुव अध्यक्ष युवराज गुरुङ्ग र अधिवक्ता महेश थापा रहनु भएको थियो ।
इपर अध्ययन समितीले इपरमा विरगति प्राप्त गर्ने गोर्खालीको राष्टियताको सम्वन्धमा Commonwealth War Graves Commission संस्था का निर्देशक इयान हुसेन संग भेट गरी यसको वेव साइटले भ्रम सृजना गरेको हुदा यसलाई सच्याउन अनुरोध गरेको थियो । डाइरेक्टर हुसेनले आफुले सक्दो गर्ने वचन वद्धता प्रकट गरेका थिए । Commonwealth War Graves Commissionले युद्धमा विरगति प्राप्त गर्ने कमनवेल्थ राष्टका सैनिहरुको चिहान लगायत डाटालाई सुरक्षित गर्ने कार्य गर्दछ ।
Commonwealth War Graves Commission ले आफनो वेव साइटलाई परिवर्तन गरी राष्टियता भारतियको सटटामा कार्यरत देश भारत वनाएको छ । Commonwealth War Graves Commission ले वेवसाइटलाई सच्याएकोमा इपर अध्ययन समितीका संयोजक कुमार राज खरेलले खुशी व्यक्त गर्नु भएको छ । समितीका सदस्य अधिवक्ता महेश थापाले यस वाट जुन भ्रम फैलिएको थियो त्यो मेटिएको भन्नुभयो ।
स्मरणिय के छ भने पर्ुव राजदुत हमालले इपरका मेयरलाइ भेटी गोर्खालीको लागि स्मारक वनाउन जग्गा उपलव्ध गराउन आग्रह गर्नु भएको थियो । इपरका मेयरले स्मारक वनाउन जग्गा प्रदान गर्न आफुले सक्दो गर्ने वचन दिएका छन ।
पछिल्लो अवस्थामा वेल्जियम स्थित नेपाली संघ संस्थाहरु पनि इपरमा विरगति प्राप्त गर्ने नेपाली हरु प्रति नेपालीद्धारा नै सझना गरिनु पर्छ भनि लागि परेका छन सन २०११को नेवम्वर ११ ता वेल्जियममा रहेका विभिन्न नेपाली संघ संस्थाले इपर गाई विर गोर्खाली प्रति संझना प्रकट गरेका थिए ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |






