.
विश्व,
मानामामा सरकार बिरोधी प्रदर्शन I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 18 March 2012
बहराइनको राजधानी मनामामा प्रदर्शनकारिहरुले सत्तारूढ़ अल खलीफको बिरुद्ध संघर्ष जारी राखेका छन । यो प्रदर्शन अरब क्रांतिबाट प्रभावित भएर शुरू भएको विरोधी प्रदर्शनलाई सैन्य बल प्रयोग गरेर दमन गरिएको एक वर्ष पूरा भएको अवसरमा फेरी दोहोर्याइएको हो । संघर्षको प्रकृति हेर्दा यो अझ चर्केर जान सक्ने अनुमान गरिएको छ । प्रदर्शनकारीहरुले सुरक्षाबलको जमेर सामना गरेको समाचार श्रोतहरुले जनाएका छन ।
प्रत्यक्षदर्शिहरुका अनुसार राजधानी मनामाको आसपास सितरा, दिराज, मलकिया, सार, जिदाफ्स, तुबली, बिलाद अल कदीम लगायतका इलाकाहरुमा सुरक्षाबल र युवा प्रदर्शनकारिहरुका बीच पटक पटक झड़प भैरहेको छ । सुरक्षाबलले प्रदर्शन नियन्त्रण गर्नको लागि अश्रु ग्याँस, रबरका गोलीहरु र चर्को आवाज दिने स्टन ग्रेनेड को प्रयोग गरेका छन् भने प्रदर्शनकारीहरुले पनि पेट्रोल बम प्रयोग गरेर संघर्ष चर्काएका छन ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |






