.

,

केटी नपाएपछि ९ वटी गुडियासँग बिहे I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE


बेलायतका ५५ वर्षीय एवरार्ड क्यूनियनले वैँशका बेला मन मिल्ने तरुनी भेट्टाएनन् । उमेर ढल्किँदै गएपछि केटीहरुले पत्याउनै छाडे । केटीहरुले नपत्याएपनि र उमेर चढ्दै गएपनि उनमा बिहेको रहर भने मरेन । आफ्नो बिहे गर्ने धोको पूरा गर्न आखिर उनले साँच्चीकै सुन्दरी महिलाजस्तो देखिने गुडियासँग बिहे गरे । एउटा गुडियासँग पनि कहाँ हो र ? उनले नौ नौ वटा गुडियासँग बिहे गरेर घरमा ल्याएर सजाएर राखेका छन् ।

डर्सेट स्थित आफ्नो निवासमा उनले ९ वटी कृत्रिम श्रीमतीहरुलाई सजाएर राखेका छन् । सुरुमा उनले सन् २००० मा पहिलोपटक एउटा गुडिया खरिद गरी बिहे गरेर घरमा भित्राएका थिए । पहिलो गुडियापत्नीसँग ४ वर्ष बिताएपछि उनलाई फेरी बिहे गर्ने जंग चल्यो । सन् २००४ मा उनले फेरी अर्को गुडिया किने र बिहे गरेर घरमा भित्राए ।

पहिलो गुडिया रेबेका ५ हजार पाउण्डमा किनेका क्यूनियनले दोश्रो गुडिया किनेको एक वर्षमै तेश्रो गुडिया किनेर फेरी बिहे गरे । तेश्रो गुडियाको नाम उनले लइस राखे । त्यसपछि पनि उनले गुडिया किन्दै बिहे गरेर भित्राउने कामलाई रोकेनन् र लगातार ६ वटा गुडिया किने र बिहे गरे । अहिलेसम्म उनका ९ वटी गुडिया श्रीमती भैसकेका छन् ।

गुडिया श्रीमतीका दिवाना बनेका क्यूनियनले जस्तातस्ता गुडिया किन्दैनन् । आफ्नी श्रीमतीकै दर्जा दिने भएपछि लरतरो गुडिया किन्ने कुरो पनि भएन । उनले गुडियाको रुपरंग, कपाल तथा मेकअप सबै विचार गरी गुडिया किन्दा रहेछन् । गुडिया किनेपछि त्यसका लागि दर्जनौँ लुगाफाटा तथा गरगहना समेत किनेर झकिझकाउ पारी साँच्चीकै दुलही जस्तो गरेर बिहे गर्ने उनको चलन रहेछ ।
अनलाइन खबर

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर