.
समाचार,
भारतीय पक्षद्वारा दसगजा क्षेत्रमा नेपाली भूमि अतिक्रमणको प्रयास I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Saturday, 17 March 2012
भारतीय पक्षले नेपाल–भारतको सदियौँदेखिको सुमधुर सम्बन्ध चिसिने गरी दसगजा क्षेत्रमा अतिक्रमणको प्रयास गरेको छ । भारतीय पक्षले सीमा क्षेत्रमा गाडिएका पिलरहरू एकतर्फी रूपमा उखालेर फ्याँकिने र सीमा मिचिने कार्य जारी राख्दासमेत नेपाली पक्षबाट कुनै पहल नहुँदा नेपाली भूमि अतिक्रणमा पर्दै आएको हो ।
पछिल्लो पटक सप्तरीको तिलाठी क्षेत्रमा पर्ने दसगजामा सीमामा गाडिएको २२३ (२२३।१३) नम्बरको पिलरलाई उखेलेर भारतीय पक्षले अतिक्रमणको प्रयास गरेको स्थानीय बासिन्दाले बताएका छन् ।
नेपाली भूमि मिच्ने योजनाका साथ भारतीय सुरक्षाकर्मीले उक्त पिलर उखालेर फ्यालेको स्थानीयवासीले बताएका छन् ।यसअघि भारतीय पक्षले एकतर्फी रूपमा नदीको बहाव रोक्न बाँध निर्माण गरेपछि सप्तरीको अधिकांश गाउँ जलमग्न बनाउने भएपछि त्रसित बनेका स्थानीयवासीलाई भारतीय पक्षद्वारा गर्न लगिएको अतिक्रमणको प्रयासले थप त्रसित बनाएको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




