.
समाचार,
फिनल्याण्ड भ्रमण छोट्याएर नेपाल फर्कदै अर्थमन्त्री वर्षमान पुन I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Saturday, 17 March 2012
पुनले अहिलेकै नीतिले समान खालको लाभ दिन नसकिरहेको बताउनुहुँदै त्यसको ठूलो असर विकाशोन्मुख मुलुकहरुलाई पर्न गएको बताउनुभयो । उहाँले परिवर्तित विश्वमा विकसित मुलुक र विकशोन्मुख मुलुकबीच हरेक क्षेत्रमा साझेदारी आवश्यकता रहेको औंल्याउनुभयो । जसरी ग्रामिण र शहरी क्षेत्रबीचको समानता हुनुपर्छ त्यसैगरी विकसित र विकाशोन्मुख देशबीच पनि समानता हुनुपर्ने धारणा राख्नुभयो । उहाँले अबको विश्व विकास नीतिमा समावेशीता हुनुपर्ने पनि बताउनुभयो । उहाँले महिला र पीछडिएको समूहलाई विकासको मूल धारमा ल्याउनुपर्ने र दिगो विकासमा ध्यान दिनुपर्ने बताउनुभयो ।
सम्मेलनमा सहभागीहरुले आफ्नो धारणा राख्दै अहिलेको विश्व व्यापारीकरणमा सबै देशले समान लाभ लिन नसकेको बताए । उनीहरुले समान लाभ लिनका लागि धेरै चुनौतीहरु भएको पनि बताए ।
उनीहरुले विकासोन्मुख मुलुकहरुले कृषि, ग्रामिण पूर्वाधार, उच्च गरिवि र उच्च वेरोजगारीका कारण विश्व व्यापारीकरणका फाईदा लिन नसकेको बताउँदै सम्मेलनबाट त्यसखालको समस्या अन्त्य गर्दै सबैले समान फाईदा लिने वातावरण सिर्जना गर्नुपर्ने धारणा राखे । विकसीत मुलकुहरुको मुख्य मुद्दा विकासोन्मुख मुलुकहरुको लागि आर्थिक समानताको चुनौतीहरुलाई कसरी अवसरको रुपमा परिवर्तन गरी उच्च लाभ प्रदान गर्ने भन्ने भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।
सम्मेलमा संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त, युरोपियन यूनियनका आयुक्त, विश्वबैंकका महानिर्देशक, फिनल्याण्डका विकासमन्त्री, एक्सन एडका प्रमुखलगायत सहभागी हुनुहुन्थ्यो । यसैबीच अर्थमन्त्री पुनले डेनमार्कपछि पूर्वनिर्धारित फिनल्याण्डको भ्रमण स्थगित गर्नुभएको छ । उहाँले फिनल्याण्डको ३ दिने भ्रमण स्थथगित गरेर आईतबार नै काठमाडौं फर्कदै हुनुहुन्छ ।
नेपालमा भईरहेको उच्च राजनीतिक उतारचढाबका कारण उहाँले फिनल्याण्डको भ्रमण स्थगित गरेर छिट्टै फर्कन लाग्नुभएको हो । उहाँले फिनल्याण्डका विकासमन्त्रीको निमन्त्रणमा भ्रमण गर्ने कार्यक्रम तय भएको थियो । अर्थमन्त्री पुन डेनमार्क र फिनल्याण्डको भ्रमणका लागि चैत १ गते डेनमार्क प्रस्थान गर्नुभएको थियो ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




