.

,

लोक दोहोरीमा भक्कानिए बेनेलक्सका नवनियुक्त राजदुत पोखरेल

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE



८ जेठ: बेल्जियमको लुवेन शहरमा आयोजित एना खुल्ला लोक दोहोरी प्रतियोगिता २०१२ आइतवार भव्य रुपमा संपन्न भएको छ ।
युरो नेपाल कलाकार संघ बेल्जियमको आयोजनामा संपन्न उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा आमन्त्रित बेनेलक्सका लागि नवनियुक्त राजदुत राममणि पोखरेल खुशीले हर्सका आँसु थाम्न गार्हो भएको बताउनु भयो ।
भर्खरै आफ्नो कार्यभार सम्हाल्न बेल्जियम आउनुभएका राजदुत पोखरेलले युरोपमा यसरी नेपाली भाषा संस्कृतिको जगेर्नामा नेपालीहरु लागेको देख्दा आफु ज्यादै खुशी भएको बताउदै नेपाल छाडेर बेल्जियम आउँदा यस्तो नेपाली माहोल विदेशमा पाउछु भन्ने आँफुले कल्पना समेत नगरेको बताउनु भयो ।
एनआरएन हल्याण्ड द्वारा आयोजित एक कार्यक्रममा साँझ हल्याण्ड पुग्नु पर्ने भएकाले छिट्टै कार्यक्रमबाट बाहिरिनु भएका राजदुतले पहिलो चरणको कार्यक्रम मज्जाले हेर्नु भए पनि कार्यक्रमको मुख्य आकर्शण दोहोरी प्रतियोगिताका नेपाली दोहोरी गीतका मिठा मिठा भाकाहरुमा नाच्ने अवसर भने गुमाउनु भयो ।
राजदुत पोखरेल र युरोनेपाल कलाकार संघ बेल्जियमका अध्यक्ष एवम सभापति पदम गुरुङ ज्यु बाट पानसमा बत्ती बालेर उद्घाटन गरिएको उक्त कार्यक्रममा एनआरएन बेल्जियकी अध्यक्ष जानकी गुरुङ, नेपालका लागि अवैतनिक सांस्कृतिक दुत रोजर दि ग्रुनले नेपाली कला र सस्कृतिको जगेर्ना मा सबै मिलेर लाग्नु पर्ने बताएका थिए । साथै कार्यक्रममा आइसीसीसदस्यहरु, नेदरल्ण्याण्डस, पोर्तुगल, फ्रान्स तथा बेल्जियममा रहेका विभिन्न नेपाली संघसंस्था एवम उल्लेखनिय रुपमा बेल्जियम लगायत युरोपका बिभिन्न मुलुक बाट नेपाली समुदायको बाक्लो उपस्थिती रहेको थियो ।
ENAA खुल्ला लोक दोहोरी गीत प्रतियोगिता २०१२ मा ४ प्रतिस्पर्धी समुहहरुले सहभागिता जनाएका थिए । बढो रमाइलो र मिठो दोहोरी प्रतियोगितामा मगर समाज बेल्जियम प्रथम, पोर्तुगल कला सस्कृति समुह द्धितिय र एआरएन बेल्जियम तृतिय भएको थियो भने चौथो सहभागिका रुपमा तमु समाज बेल्जियम रह्यो ।


नेपाली भेस भुसामा सजिएर प्रतियोगीहरुले 'मुखै तितो बनायो तिते करेलिले, झिम झिम सानु, दिउँला फुलको थुँगा' साथै 'माया पानको पात' भन्ने भाकाहरुमा दोहोरी गाएका थिए । उक्त प्रतियोगितामा उत्कृष्ट लोक दोहोरी गायिका को सम्मान भने तमुसमाज बेल्जियमकी लालमति गुरुगले हात पार्न सफल भइन । जहाँ प्रथम पुरस्कार १००० युरो, दोस्रा ६०० युरो तेस्रा लाई ३०० युरो र उत्कृष्ट लाई १०० युरो पुरस्कार राशीको व्यवस्था गरिएको थियो ।
दोहोरी गित प्रतियोगितामा प्रदिप बंजम, भरत श्रेष्ठ, बलराम पुन, यमुना रोका र मिन गुरुगंले निर्णायक मण्डलको काम गरेका थिए ।
कार्यक्रममा लामो समय देखी बेल्जियममा बसोवास गर्दै आएका नेपाली पप गायक अर्जुन गुरुङको पहिलो एल्बम क्रेजी फिफ्टीफाइभ ( CRAZY 55 ) को राजदुत राममणी पोख्रेल ज्युको हात बाट विमोचन गरिनुका साथै गायक अर्जुन गुरुङले आफ्नो एल्बम बाट झरी परेको पल बोलको गीत समेत गाएर सुनाएका थिए । साथै कार्यक्रममा एना डान्स कक्षा लुवेन र नेपाली भाषा कक्षा एन्त्रोपेनका बालबालिका हरुले बिभिन्न नेपाली गीताहरुमा न्रित्य प्रस्तुत गरेका थिए ।
स्विसबाट आएका दिपक शर्मा खतिवडा एवम उनका सहयोयी, लुवेनका काजा गुरुङले गीतारको मिठो धुनमा सुमधुर गीत गाएर सुनाएका थिए ।
कार्यक्रम संपन्न गर्न कार्यक्रम संयोजक बलराम पुन, कार्यक्रम ब्यवस्थापक गरुध्वज गुरुङ् ९जी। मी।०, बाध्यबादक संयोजन अमर राना, साउण्ड तथा लाईटीङ संयोजन आलोक शर्मा, टीकट बिक्री बितरण परमानन्द सापकोटा, कार्यक्रम संचालक सोफिया महर्जन९कार्की० र श्याम श्रेष्ठ, टीकट निरिक्षण तर्फ पार्वती अधिकारी माँया गुरुङ्, भान्सा तर्फ सुनिता गुरुङ्, अतिथि सत्कार अनुजा रप्रधान, मीरा गुरुङ्, श्रृगार तथा साजसज्जा निशा आले मगर, बाध्यवादन तर्फ अमर राना, धनेश्वर तिवारी, मीन पुन, अर्जुन गुरुङ्, आलोक शर्मा, दीपक गुरुङ्, कुमार गुरुङ्, गोकर्ण न्यौपाने, मिडिया तथा प्रसारण, शालिक गौतम, पुरुषोत्तम सुबेदी, दीपक सुवेदी, महेश थापा, बिष्णु सापकोटा, नरेश कार्की ९कार्यक्रम प्रत्यक्ष प्रसारण० प्रोजेक्टर नवराज थापा, क्यामरा बिजय गुरुङ् र जिवन्ती गुरुङ् सोनाम शेर्पा, नन्दु घले , श्रीमती सीता सापकोटा, मोहन खत्री, मदन के सी, शिलु शाक्य, जेनी गुरुङ, कबिता तमाङ, शिखा शाक्य,र खेम गुरुङ ले लगायत विभिन्न संघसंस्था तथा व्यक्तिहरुले सहयोग गरेका थिए ।

प्रथम पुरस्कार सौजन्य, एन। आर। एन।बेल्जियमले १००० युरो, द्वितिय पुरस्कार सौजन्य नेपाली ब्यवसायि संघले बेल्जियम यूरो ६००,तृतिय पुरस्कार सौजन्य एन। डि। एफ।ले बेल्जियम यूरो ३००, उत्कृष्ट पुरस्कार सौजन्य बिमला पुनले यूरो १००, ट्रफी सौजन्य स्वरुप, सहदेव गौतम लुभेन यूरो १००, नीता श्रेष्ठ ९फ्रान्स० यूरो १००, मनोज काफ्ले लुभेन यूरो १००, निमा शेर्पा ९आन्त्रोपेन० यूरो १००, हरी जैशी ९रेष्टुरेण्ट न्यू होलिकाउ० लुभेन यूरो २००, नेपाली हाउस यूरो ५१ प्रायोजन गरेका थिए । प्रतियोगितामा प्रथम हुने टीमलाई यति हाउस आन्त्रोपेनको तर्फ बाट डिनरको ब्यवस्था गरेको छ ।
कर्यक्रममा विषेश सहयोग गर्ने, प्रायोजकहरु, सहभागीहरु सवैलाई इना बेल्जियमले कदर पत्र पदान गर्दै कार्यक्रमम उपस्थित सम्पुर्ण नेपाली समुदायलाई हार्दिक धन्यबाद गरेको थियो ।

ब्रसेलनेपाल ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर