.

,

संविधान घोषणा हुने पक्का नभएसम्म प्रधानमन्त्रीले राजिनामा दिन नहुने : माओवादी-मोर्चा

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

एकीकृत नेकपा माओवादी र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले संविधान घोषणा हुने पक्का नभएसम्म प्रधानमन्त्री डाक्टर वावुराम भट्टराईले राजिनामा दिन नहुने निर्णय गरेका छन् । सिंहदरबारमा भएको छलफलमा नयाँ संविधान प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पुगेपछि मात्रै प्रधानमन्त्रीले राजिनामा दिने माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले बताउनुभयो ।
उहाँले कांग्रेस एमालेले संविधान पनि नबनाउने र संविधानसभा भंग गर्न लागेको आरोप लगाउँदै यस्तो अवस्थामा प्रधानमन्त्रीले राजिनामा नदिने बताउनुभयो । आफूहरु पाँच बुँदे सहमतिमा प्रतिबद्ध रहेको र सहमतिमा संविधान घोषणापूर्व राजिनामा दिने भनेकाले प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा संविधान पुगेपछि मात्रै प्रधानमन्त्रीको राजिनामा आउने बताउँनुभयो ।
माओवादी र मोर्चाबीच छलफल हुनु अघि मुख्य तीन दलसहित मोर्चाको संयुक्त बैठक वसेको थियो । बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेले जेठ १४ मै संविधान घोषणा गर्नुपर्ने भन्दै त्यसका लागि प्रधानमन्त्री डाक्टर बावुराम भट्टराईको राजिनामा आउनुपर्ने शर्त राखेका थिए ।
अझै जेठ १४ मा संविधान जारी हुन सक्ने भन्दै कांग्रेस एमालेले प्रधानमन्त्री भट्टराईले तत्काल राजिनामा दिएर कांग्रेस नेतृत्वमा सरकार बनाई संविधान घोषणा गर्ने वातावरण बनाउन माग गरेका थिए ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर