.
Feature समाचार,
संविधानको मस्यौदा तयार,दलहरुवीच सहमतिको पर्खाई
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Saturday, 26 May 2012
मस्यौदामा संघीयताका विषयमध्येमा प्रदेशको संख्या, सीमांकन र नामांकन भनें उल्लेख नगरिएको श्रोतको भनाई छ । मस्यौदा तयार रहेकाले दलहरुले चाहेमा संविधान जारी हुनसक्ने अवस्था भएको स्रोतको भनाई छ । दलहरुबीच सहमति हुने बित्तिकै प्रकृया छोट्याएर संविधान जारी गर्न सकिने सचिवालयले जनाएको छ ।
तर दलहरुका आफ्नै अडानका कारण संविधानसभाबाट संविधान जारी गराउने नागरिकको चाहना पूरा हुने हो कि होईन त्यो भनें अहिले पनि अन्यौलमै छ । अरु विषयमा दलहरु झण्डै सहमतिमा पुगेपनि राज्य पुनर्संरचनाको मुद्दा झनै पेचिलो बन्दै गएको छ । सर्वोच्च अदालतको फैसला अनुसार अब म्याद थप गर्न नमिल्ने भएकाले सहमति बाहेक अर्को विकल्प नभएको नेताहरु स्वयंले भन्दै आएका छन् । तर उनीहरु आफ्नो अडानबाट पछि हटेका छैनन् । बिसं २०६४ साल चैत २८ गते भएको संविधानसभा चुनावले २०६७ जेठ १४ सम्म संविधान बनाउने जिम्मा पाएको थियो । तर समयमा काम हुन नसक्दा संविधानसभाको म्याद यसअघि पटकपटक थपिँदै दुई वर्ष लम्बियो । तर सर्वोच्च अदालतले अव म्याद थप्न नपाईने निर्णय गरेपछि आज राती १२ बजेसम्ममा भएपनि संविधान जारी गर्नुपर्ने दवाव छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




