.

,

बिबादित बिषयलाई थाति राखेर जेठ १४ मा संबिधान जारी गर्न सहमत I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

१२ जेठ, काठमाण्डौ । मुख्य तीन दल र मधेसी मोर्चा सहमति भएका बिषयलाई समावेश गरेर जेठ १४ मा संबिधान जारी गर्ने र बिबादित बिषयलाई रुपान्तरित संसदबाट टुंगाउन सहमत भएका छन्। सर्वोच्चको अन्तरिम आदेशपछि जेठ १४ भित्रै संबिधान जारी गर्नुपर्ने बाध्यतामा पुगेका दलहरु संघीय प्रदेशको संख्या र नामको बिषयमा आजै सहमति गरि संबिधान जारी गर्न सहमत भएका हुन्।
माओवादी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा बसेको माओवादी-मोर्चा र मुख्य तीन दलको बेग्लाबेग्लै वैठकमा दलहरु रुपान्तरित संसदमा जाने बिकल्पमा एकमत देखिएका छन् ।
तीन दलको वैठकपछि एमाले अध्यक्ष झलनाथ खनालले भन्नुभयो- ‘अहिलेसम्म सहमति जुटेका बिषयलाई समेटेर जेठ १४ मा संबिधान जारी गर्ने र बाँकी रहेका बिषयलाई रुपान्तरित ब्यबस्थापिका संसदले टुंगो लगाउन सहमत भएका छौं ।’
त्यसअघि लाजिम्पाटमै बसेको माओवादी र मधेसी मोर्चाको बेग्लै वैठकमा समेत संघीयतासहितको संबिधान जारी हुने अबस्थामा केही बिबादित र तपसिलका बिषयको टुंगो रुपान्तरित संसदबाट लगाउने बिषयमा छलफल भएको थियो । केही समयअघि माओवादी अध्यक्ष प्रचण्डले नै सो प्रस्ताव राखेका कारण रुपान्तरित संसदमा जान माओवादी पहिलेदेखिनै सहमत छ । तर उसले संघीय प्रदेशको संख्या र नाममा आफुले प्रस्ताव गरेअनुसार दश प्रदेशमा सहमति गर्नुपर्ने अडान लिएको छ।
आजै अपरान्ह वस्ने तीन दल र मधेसी मोर्चाको वैठकले प्रदेशको संख्या र नाममा सहमति जुटाउने र सीमाङ्कनको बिषय संघीय आयोग र रुपान्तरित संसदबाट टुंगाउने सहमति हुने बताइएको छ । चार दलवीच यस्तो सहमति भएमा आगामी जेठ १४ मै संबिधान जारी हुनसक्ने छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर