.

,

फेरि थपिदैँछ ३ महिना संविधानसभाको आयू I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

फेरि पनि ३ महिना संविधानसभाको म्याद थप्न भन्दै सरकारले अन्तरिम संविधान, २०६३ को तेह्रौँ संशोधनका लागि व्यवस्थापिका–संसदमा विधेयक दर्ता गराएको छ ।

शान्ति प्रक्रिया टुङ्गोमा पुगेको र संविधान निर्माणका सम्बन्धमा उठेका विवादित विषयहरू दलीय सहमति भई उल्लेख्य उपलब्धि हासिल गरिसकेको भएता पनि संविधान निर्माणको केही विषय टुङ्गोमा पुर्याउन बाँकी रहेको र संविधानसभाको कार्यकाल समाप्त हुन लागेकाले संविधानसभाको कार्यकाल केही समय थप गर्नुपरेको जनाउँदै समयावधि थपका लागि विधेयक दर्ता गराइएको हो ।

उपप्रधानमन्त्री एवम् कानुन तथा न्यायमन्त्री कृष्णप्रसाद सिटौलाका तर्फबाट मन्त्रालयका उपसचिव वासुदेव न्यौपानेले व्यवस्थापिका–संसद सचिवालयमा गएर राति ८ बजे संविधान संशोधन विधेयक दर्ता गराएका हुन् ।

फेरि थपिदैँछ ३ महिना संविधानसभाको आयू
जेठ १४ मा संविधान जारी नभए स्वत संविधानसभाको आयू सकिने फैसला सर्वोच्च अदालतले गरे पनि संविधानसभाको चौथो शक्ति मधेसी मोर्चासहित शिर्ष तीन दलले संविधानसभाको म्याद पुनः ३ महिना थप्ने सहमति गरेका छन् ।


सर्वोच्च अदालतले जेठ १४ भित्र संविधान जारी नभए स्वत संविधानसभा भंग हुने फैसला गरेको अवस्थामा पनि निर्धारित समयमा संविधान जारी गर्न नसकिने भन्दै जेठ १४ आउन ५ दिन बाँकी छँदा पुनः ३ महिना म्याद थप्नेमा पुगेका हुन् ।
सिंहदरबारमा आज भएको शिर्ष चार शक्तिको बैठकमा सरकारका तर्फबाट प्रधानमन्त्री डा. बाबुराम भट्टराईले म्याद थपको प्रस्तावमा कांग्रेस एमालेले समर्थन गरेका हुन् ।

सुरुमा कांग्रेस एमालेले प्रधानमन्त्रीको प्रस्ताव स्वीकार्न आनेकाने गरेका थिए । तर बैठकमा प्रधानमन्त्रीले आज नै विधेयक दर्ता गर्नुपर्ने नत्र समय नभ्याउने भने पछि संविधानसभाको म्याद थप्न सबै शिर्ष चार दल सहमत भएका थिए ।
बैठकपछि कांग्रेस नेता विमलेन्द्र निधिले कुनै विकल्प नभएकाले म्याद थप गर्न बाध्य भएको बताएका थिए ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर