.
Feature समाचार,
विश्व धुम्रपान रहित दिवस विभिन्न कार्यक्रम गरी मनाईदै I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Thursday, 31 May 2012
काठमाण्डौं,जेठ, १८। आज मे ३१ तारिख, विश्व धुम्रपान रहित दिवस, विश्वभर विभिन्न कार्यक्रम गरी मनाईदैछ । यस बर्ष ‘सूर्तीजन्य पदार्थ नियन्त्रणमा सूर्ती उद्योगको हस्तक्षेप रोकौ’ भन्ने नारा तय गरिएको छ । दिवसको अवसरमा विभिन्न चेतनामुलक कार्यक्रमका साथै सुर्तिजन्य पदार्थले मानव स्वास्थ्ययमा पर्ने असरका बारेमा भन्ने नाराका साथ आज विश्व धुमपान रहीत दिवस मनाईंदैछ ।
सूर्तीजन्य पदार्थका कारण हुने स्वास्थ्य समस्या प्रति जनचेतना जगाउनुका साथै यसको खपत कम गर्न प्रभावकारी नीतिको वकालत स्वास्थ्यका क्षेत्रमा काम गर्ने संघ सस्थाले अन्तक्रिया, गोष्टि तथा सेमिनारको आयोजना गरेका छन् ।
विश्व स्वास्थ्य सभाले सन् १९८७ देखि सूर्तीजन्य पदार्थको जोखिमका विषयमा विश्वव्यापी ध्यान केन्दि्रत गर्न सूर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाउने निर्णय गरेयता विश्वव्यापी रुपमा यो दिवस मनाईंदै आएको छ । यो दिवसले सूर्तीजन्य उद्योगहरुका गलत र हानीकारक रणनीतिका बारेमा नीति निर्माता र आम नागरिकलाई शिक्षित गर्ने उद्धेश्य लिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
संगठनले सूर्तीजन्य पदार्थको जोखिम नियन्त्रणका लागि सूर्तीजन्य उद्योगको हस्तक्षेपका सबै प्रयासहरुका विरुद्ध लड्न विश्वभरका देशहरुलाई आग्रह गरेको छ ।
विश्वभर सूर्तीजन्य पदार्थको प्रयोगका कारण हरेक वर्ष ६० लाख र प्रयोग नगरेपनि त्यसको प्रभावका कारण ६ लाख जनाको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा बर्सेनि १५ हजारभन्दा धेरै नागरिकको मृत्यु सूर्ती सेवनका कारण हुने गरेको छ । स्वासथ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा प्रवीण मिश्रले नेपालमा सुर्तीसेवन रोक्न व्यापक रुपमा जनचेतना फैलाउनुपर्ने बताउनुभयो ।
यसको प्रयोग नरोकिए आउँदो सन् २०३० सम्म ८० लाखले ज्यान गुमाउनुपर्ने र जसमध्ये ८० प्रतिशत न्यून र मध्यम आय भएका देशका नागरिक रहने संगठनको जनाएको छ
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





