.
समाचार,
धनुषामा भएको गोली काण्डमा थप एकको मृत्यु I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Thursday, 31 May 2012
धनुषाको तारापट्टी सिरसियामा मंगलबार राति अज्ञात समूहले गराएको गोली काण्डका कारण आज थप एकजनाको मृत्यु भएको छ । अज्ञात समूहको गोली प्रहारबाट गम्भिर घाईते भएका श्यामप्रसाद यादवको उपचारका क्रममा आज मृत्यु भएको हो ।
तारापट्टी सिरसिया वडा नं. २ बस्ने ३० वर्षका श्याम यादवको धरानको वीपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज बिहान ५ बजे मृत्यु भएको हो ।
अज्ञात समूहको गोली प्रहारबाट यस अघि नेपाल रेल्वेका महाप्रवन्धक सुरेश यादवको मंगलबार राति नै मृत्यु भएको थियो । गोली प्रहारबाट गम्भिर घाईते भएका राजेन्द्र यादवको उपचार धरानमा भईरहेको छ भने श्रीप्रसाद यादवलाई थप उपचारको लागि काठमाण्डौ पठाईएको छ ।
यता घाईते सुरेश प्रसाद यादवको उपचार जनकपुर अञ्चल अस्पतालमा नै भईरहेको छ । ग्रामिण पोखरिको विषयमा विवाद भएका कारण गोली प्रहारको घटना भएको स्थानियहरुले बताएका छन्
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




