.
Feature समाचार,
प्रचण्डलाइ अध्यक्ष पदबाट हटाउने वैद्य पक्षको तयारी I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Thursday, 31 May 2012
‘हामीलाई उहाँले एउटै पार्टीमा भएको अनुभूति गर्न दिनुभएको छैन । पार्टी अध्यक्षहरुले फुटाली सक्नुभएको छ ।’ वैद्य निकट स्रोतले भन्यो– तर अध्यक्षले नेतृत्व त्यागेमा एकता हुन सक्छ ।’ सधै आफूहरुले मात्रै सहेर एकता गर्ने पक्षमा वैद्य पक्ष नरहेको स्रोतले बतायो ।
दुवै पक्ष एक अर्कासित बस्नै नसक्ने निष्कर्षमा पुगे लगत्तै प्रचण्डले त्यसको दोष आफूलाई लाग्न नदिन छलफल थालेपछि वैद्य पक्ष अझ कडा रुपमा प्रस्तुत भएको हो । शान्ति र संविधान निर्माण प्रक्रियामा पार्टी पूरै असफल भएको र पार्टी नीति लागू नगरेकोले एकताका लागि प्रचण्डले नेतृत्व छोड्नु पर्ने वैद्य पक्षको अडान छ ।
तर पहल गर्दा पनि नमाने संस्थापन पक्ष पनि वैद्य पक्षलाई कारवाही गर्ने तयारीमा लागेको छ । ‘उहाँहरुले सबै कुरामा आत्मसमर्पण गरेको भन्नुभएको छ खोई कहाँ भयो आत्मसमर्पण ? ’ प्रचण्ड निकट नेताले उज्यालोसित भन्नुभयो ‘आरोप लगाएकोमा उहाँहरुले माफी माग्नुपर्छ नभए कारवाही हुन्छ ।’
वैद्य पक्षले लगाएको आरोप पुष्टि नभएकोले आत्मालोचना गर्नुपर्ने नभए कारवाही भोग्नुपर्ने संस्थापन पक्षको भनाई छ । दुवै पक्षका बिहीबार बस्ने बैठकले पार्टीमा एकता वा फूटको तय गर्नेछ्न ।
प्रचण्डले केन्द्रीय समितिको बैठक संयुक्त रुपमा बस्ने भनेपनि वैद्य पक्षले अझै त्यसलाई मानेको छैन् । वैद्य पक्षको बैठक कुपण्डोलमा ११ बजे बस्दैछ भने संस्थापन पक्षको बैठक तीन बजे कोटेश्वरमा बस्नेछ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




