.
Feature समाचार,
देश संकटमा,तर कांग्रेस नेताको मन अन्तै I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Friday, 25 May 2012
१३ जेठ,काठमाडौ । देश संकटमा छ,संविधानसभाबाट संविधान जारी नै नभइ संविधानसभा विघटन होला भन्ने खतरा छ,सहमति नभए ठुलै दुर्घटनाको आशंका गरिएको छ ।
तर दोस्रो ठुलो दल नेपाली कांग्रेसका दुइ प्रमुख नेता भने एकआपसमा बोल्दैनन्, उनिहरुको मन भातृसंगठनमा गएर अड्किएको छ। प्रसंगको हो कांग्रेसका दुई 'बडेमान'का नेता सुशील कोइराला र शेरबहादुर देउवाको। विगत नौ महिना देखि देउवा पक्षधर केन्द्रिय सदस्य सभापति कोइरालाले बोलाएको केन्द्रिय समितिको बैठकमा गएका छैनन्। देउवा र कोइरालाको पानी बारबारको स्थिति छ। भातृसंगठनमा कसको पकड हुने भन्ने तुच्छ विषयमा अल्झिएर देशका लागि खर्चिनु पर्ने समयलाई यी दुई नेताले खेर फालेका छन्।कुनै निर्णय लिनु पर्यो भने देउवा पक्षधर केन्द्रिय सदस्य उपस्थित नभएर निर्णयनै नहुने अवस्थामा कांग्रेस छ।
एकचोटी मात्रै आउने संविधानका विषयमा गलफत्ती गर्न छोडेर देउवाले पनि सानो कुरामा मन लगाएका छन् भने सभापति कोइरालाले पनि यो विषयलाई अहिले छोडौ, अहिले संविधानका मात्रै कुरा गरौ भने देउवालाई भन्न सकेका छैनन्, दुवैलाई भातृसंगठनमा पकडको जो चिन्ता छ।
केही समय यता कांग्रेसले आफूलाई प्रतिक्रियामा सिमित राखेको छ,माओवादीलाई प्रतिक्रिया दिन मात्र उसले धर्म संझने गरेको छ। पार्टी भित्र घनिभुत छलफल गरेर अरुलाई सूझाउन र विकल्प प्रस्तुत गर्ने त कांग्रेसले भुलिनै सकेको छ।
यसको एउटै कारण मानिएको दुइ ठुला नेतामा रहेको छ वेमेल।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





