.

,

साउदीमा ७ नेपाली जेलमा I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

काठमाण्डौं, जेठ १६। बैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका सात जना नेपालीहरुले जेल जीवन विताइरहेका छन् ।

साउदी गएका संखुवासभाका २४ बर्षका अशोक राईलाई स्थानीय प्रहरीले पक्राउ गरि अहिले चरम यातना दिईरहेको उनकी बहिनी सीताले जानकारी दिएकी छन् । दाजुको उद्दारका लागि उनले सम्बन्धित निकायसँग माग समेत गरेकी छन् । राईलाई काम गर्दागर्दै कम्पनीमै प्रहरी आएर मार्च १५ मा पक्राउ गरेको उनले बताएकी छन् । राईलाई साउदीको दमाम ९१ जेलको चार नम्बर कोठामा राखिएको छ । जेलमा एकहजार दुईसय भन्दा बढी नेपाली रहेका छन् ।

राईसँगै पक्राउ परेका १३ जना नेपाली मध्ये ६ जनालाई नेपाल फकाईएको छ भने बाँकी सात जनालाई जेलमै राखेर शारीरिक तथा मानसिक यातना दिईरहेको छ ।

जेलमा इलामका दिनेश राई, धनकुटाका नवीनबहादुर कटुवाल, रोल्पाका नवीन बुढामगर, म्याग्दीका खोमबहादुर मगर, बुटबलका खेमलाल पुन र विक्रम श्रेष्ठ रहेका छन् । उनीहरुले फोन मार्फत आफूहरुले यातना पाईरहेको खबर परिवारलाई पठाएका थिए ।

काठमाण्डौंको ब्रिलियन्ट म्यानपावर कम्पनीबाट एकलाख २० हजार रुपैयाँ तिरेर २९ जुलाई ००७ मा साउदी गएका उनीहरु कम्पनीले राम्रो तलब नदिएपछि स्थानिय नुरा युनिभर्सिटिमा सेकुरिटि गाडको काम गदै आएका थिए । उनीहरुलाई गैरकानुनी काम गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर