.
विश्व,
विश्वकै सबैभन्दा अग्लो टावर सर्वसाधारणका लागि खुला I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Tuesday, 22 May 2012
जापानमा विश्वकै सबैभन्दा अग्लो टावर दी टोक्यो स्कइ ट्री मंगलबारबाट सर्वसाधारणका लागि खुला गरिएको छ। यसको उद्घाटनका अवसरमा करिव ८ हजार दर्शकले ६ सय ३४ मिटर उचाइमा पुगेर अवलोकन गर्न उच्च गतिको एलिभेटरको प्रयोग गरेका थिए।
धेरैलाई टावर चढ्ने टिकट किन्न लामो प्रतीक्षा गरेका थिए।
स्काई ट्रीको नाम गिनिज बुक अफ वल्ड रेकर्डमा आएको छ। यो चीनको ६ सय मिटर अग्लो क्यान्टोन टावर भन्दा अग्लो छ। त्यस्तै विश्वको सबैभन्दा अग्लो भवन दुबईको बुर्ज खलिफाको उचाई ८ सय २८ मिटर भए पनि यसलाई टावर मानिन्न।
स्काइ ट्रीको प्रयोग पर्यटकलाई आकर्षित गर्नुका साथै टेलिभिजन र रेडियोको ब्रोडकास्ट टावरका रुपमा प्रयोग गरिने छ। यसले सन् १९५८ देखि जापानको सबैभन्दा अग्लो टावरका रुपमा रहेको ३ सय ३३ मिटर अग्लो टोक्यो टावरलाई विस्थापित गरेको छ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





