.
Feature समाचार,
म्याद थप्नको लागि कांग्रेसले सरकारको नेतृत्व माग गर्यो I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Tuesday, 22 May 2012
ससर्ती हेर्दा नेपाली कांग्रेस संबिधानसभाको म्याद थपका बिपक्षमा जस्तो देखिएपनि यसभित्र सत्ताको खेल रहेको उच्चस्रोतको दावी छ । माओवादी नेताहरुका अनुसार कांग्रेस नेताहरुले म्याद थपका बिरुद्ध नजाने प्रष्ट पार्दै जेठ १४ अघि नै कांग्रेसलाई सरकारको नेतृत्व दिनुपर्नै सर्त राखिरहेका छन् ।
स्वतन्त्र न्यायालयको मानहानी हुने काम मान्य हुँदैन भन्दै सभापति कोइरालाले केन्द्रीय समिति वैठक बोलाएका छन् । र, उनले सार्वजनिक रुपमै चेतावनी दिएका छन- ‘अब कांग्रेस सरकारबाट फिर्ता हुन्छ ।’ तर उनीहरुले म्याद थपका बिपक्षमा जाने बताएका छैनन् ।
बुधबार बिहान कोइराला निवासमा बसेको केन्द्रीय नेताहरुको अनौपचारिक वैठकले पाँचबुँदे कार्यन्वयन हुनुपर्ने सर्त अघि सारेको छ । वैठकमा सहभागी एक नेताका अनुसार पाँच बुँदे सहमति भन्नुको अर्थ जेठ १४ अघि नै कांग्रेस नेतृत्वको राष्ट्रिय सरकार बनाउने भन्ने नै हो । वैठकमा नेताहरुले जेठ १४ अघि नै आफ्नो नेतृत्वमा सरकार बन्ने अबस्थाको सुनिश्चीत गर्न र त्यसो नभए सरकारबाट फिर्ता आउन सुझाव दिएको बताइएको छ ।
तर माओवादीले भने संबिधान जारी हुँदा मात्र बाबुरामले राजीनामा गर्ने सहमति भएकाले तीन महिनासम्म यही सरकारकले निरन्तरता पाउनुपर्ने तर्क गरेको छ । यही अबस्थामा म्याद थपमा सहमति गर्दा बाबुरामको निरन्तरता हुने देखेपछि नेपाली कांग्रेसले सरकार परिवर्तनको सर्त अघि सारेको बुझिएको छ ।
मंगलबारको तीन दलको वैठकमा पनि नेपाली कांग्रेसले म्याद थप्ने भए बाबुराम भट्टराईले राजीनामा दिनुपर्ने सर्त अघि सारेको थियो । कांग्रेस नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार नबने म्याद थप्ने बिषयमा सहमति गर्न नसकिने भन्दै कांग्रेसले अडान लिएपछि माओवादी अध्यक्ष प्रचण्डले दुई दिनभित्र बाबुरामको राजीनामा ल्याइदिने बचन दिएका दिएका थिए ।
अहिले नेपाली कांग्रेसका नेताहरुले पाँचबुँदे र प्रचण्डले मंगलबार दिएको आश्वासनअनुसार बाबुरामले तत्कालै राजीनामा दिनुपर्ने सर्त माओवादीसमक्ष राखेका छन् ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





