.
Feature समाचार,
निर्वाचन घोषणा गरेकोमा बैद्य पक्षले विरोध गर्यो I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 27 May 2012
१५ जेठ,काठमाण्डौं । एकीकृत नेकपा माओवादीको बैद्य पक्षले राजनीतिक दलहरुसँग सहमति नै नगरी सरकारले संविधानसभाको अर्को निर्वाचन घोषणा गरेकोमा विरोध गरेको छ ।
माओवादी उपाध्यक्ष मोहन बैद्य किरण र महासचिव रामबहादुर थापा बादलले आज संयुक्त विज्ञप्ती जारी गरि राजनीतिक दलहरुको सहमति नलिइएको र संवैधानिक व्यवस्था पनि नभएको स्थितिमा सरकारको घोषणा असंवैधानिक भएको बताउनु भएको छ ।
सरकारको कदमले देशभक्त तथा परिर्वतनकामी जनसमुदायमा गम्भीर आघात पुर्याएको बैद्य पक्षको ठहर छ । संविधान सभा भंग भएको अवस्थामा सरकारको संवैधानिक हैसियत स्वतः समाप्त भई काम चलाउमा परिणत भएको भन्दै बैद्य पक्षले प्रधानमन्त्रीको राजीनामा मागेको छ ।
साथै,सर्वदलीय राजनीतिक सहमति कायम गरी संविधान सभाको निर्वाचन लगायत सम्पूर्ण राजनीतिक निकास र नीतिगत निर्णयसम्बन्धी कामको व्यवस्था गर्न सबै दललाई आहृवान गरेको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





