.
Feature भिडियो समाचार समाचार,
आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पा र पत्रकारबीच भएको वाद विवाद तथा धम्कीको भिडियो I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 20 May 2012
पत्रकारमाथि भौतिक आक्रमण गर्ने शेर्पाको धम्की (भिडियोसहित)
नेपाल आदिवासी जनजाति महासंघका महासचिव आङकाजी शेर्पाले नेपाल पत्रकार महासंघलाई ‘ब्राम्हण पत्रकार महासंघ’ भन्दै पत्रकारहरूमाथि भौतिक आक्रमणको चेतावनी दिएका छन् ।
अखण्ड सुदूरपश्चिमको बन्दमा नबोल्ने पत्रकारले आफूहरुको आन्दोलनको विरोधमा र्याली निकाल्न लागेको भन्दै आक्रमण गर्ने चेतावनी दिएका हुन् । रिपोटर्स क्लबमा शनिबार आयोजित पत्रकार सम्मेलनमा शेर्पाले भने-’जनताले दुःख पाए भनेर ब्राम्हण पत्रकार महासंघले र्याली निकाल्दैछ रे, हिजो अखण्ड सुदूरपश्चिममा नबोल्ने पत्रकार महासंघले र्याली निकाले बाँकी राख्ने छैन ।’
शेर्पाले भौतिक आक्रमणको धम्की दिएपछि कार्यक्रममा सहभागी पत्रकारहरुले विरोध गरेपनि केहीबेर भनाभन समेत भएको थियो । त्यसक्रममा प्रहरी आएर छुट्याउनु परेको थियो ।
पत्रकारहरुले शेर्पाको समाचार बहिस्कार गर्ने बताएपछि क्लबबाट बाहिरिएका जनजाति महासंघका महासचिव शेर्पाले केही पत्रकारलाई बाँकी छोडि्दन भन्दै धम्की दिएका छन् ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




