.

,

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति महासंघको आपत्ति I कुन कुन मिडियाका साधन फोडे बन्दकर्ताले ?

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

प्रधानमन्त्रि बाबुराम भट्टराइले दिनुभएको अभिब्यक्तिप्रति नेपाल आदिवासी जनजाति महासंघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले विज्ञप्ति जारी गरी सुरक्षाकर्मीलाई आन्दोलन दमन गर्न उक्साउने अभिब्यक्ति आएको आरोप लगाएको छ ।

आजको बन्दमा संचार माध्यमका सवारी साधनमा तोडफोड तथा आक्रमण भएकोप्रति महासंघको ध्यानाकर्षण भएको बताएको छ । महासंघले बन्दमा एम्बुलेन्स, प्रेस, रेडक्रस, दमकल, स्वास्थ्यसेवा, मानव अधिकार, कुटनितिक नियोग, विदेशी पर्यटक, पिउने पानीको टयाङ्कर, दूध, पेट्रोल, डिजेल ग्यास, औषधी लगायतका गाडीहरुलाई अवरोध नगर्न पनि आन्दोनकर्मिलाइ अनुरोध गरेको छ ।

बन्दकर्ताले ललितपुरको ग्वार्कोमा हिमालयन टेलिभिजनको बा २० प ३८९९ र सगरमाथा टेलिभिजनको बा २७ प ६८३२ नम्बरको मोटरसाइकलमा आगजनी गरेका छन् । ललितपुरको कुपण्डोलमा सगरमाथामा टेलिभिजनकै बा २५ प ३६४७ नम्बरको मोटरसाइकल पनि तोडफोड भएको छ । बन्दकर्ताहरुले काठमाडौंको जोरपाटीमा कान्तिपुर पब्लिकेसनको बा ९ च ५५३७ र एभिन्यूज टेलिभिजनको बा ९ च ४५५८ नम्बरको भ्यानमा पनि तोडफोड गरेका छन् । बन्दकर्ताहरुले ईमेज च्यानल, कारोबार दैनिक लगायतका सन्चारकर्मीलाई पनि दुव्र्यवहार गरेका छन् ।
सन्चारकर्मी र सन्चारमाध्यममा भएको आक्रमणको चौतर्फी विरोध भएको छ । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले सञ्चारमाध्यममाथिको आक्रमणको निन्दा गर्दै नागरिकका आधारभूत अधिकार कुण्ठित हुने गरी गरिने आन्दोलन लोकतान्त्रिक र विधिसम्मत नहुने बताएका छन । स्वतन्त्रता अपहरण गर्ने नयाँ शैलीको विकास भएको भन्दै उनले चिन्ता व्यक्त गर्नुभएको छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर