.
Feature भिडियो समाचार समाचार,
संविधानसभा भवनभित्रै नाराबाजी, आदिवासी जनजातिहरुद्वारा संविधानसभा घेराउ I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 27 May 2012
संविधानसभाको बैठक सुरु गर्न माग गर्दै सभासदहरुले संविधानसभा भवन परिषद्मा नाराबाजी गरेका छन् । प्रमुख दलहरुबीच छलफल जारी रहेकाले विहान ११ बजेका लागि बोलाएको बैठक अझै सुरु हुन नसकेपछि सभासदहरुले संविधानसभा भवन परिषद्मा बैठक सुरु गर्न माग गर्दै नारावाजी गरेका हुन् । शीर्ष नेताले संविधानसभा र सभासदहरुलाई बन्दी बनाएको आरोप लगाउदै संविधानसभा भवन भित्रै बैठक बस्न माग गरेका छन् । जलुसमा एकीकृत माओवादी, मधेशवादी, एमालेका जनजाती मुलका सभासदहरु नारावाजीमा सहभागि थिए ।
सभासदहरुले संघीयता विरोधी होसियार भन्दै चर्का नारावाजी गरेका छन । संविधानसभा परिषसरमै कोणसभा गरी उनिहरुले संविधानसभा बैठक बोलाउन माग गरेका छन । विभिन्न आदिवासी जनजातिहरुले पनि नयाँ बानेश्वरस्थित संविधानसभा घेराउ सुरु गरेका छन् । आज दिनभरीमा जसरी पनि जातीय पहिचानसहितको संघीयता भएको नयाँ संविधान जारी गर्नुपर्ने भन्दै उनीहरुले संविधानसभा घेराउ गरेका हुन् । नयाबानेश्वर चोकदेखि पूर्वतर्फ किरात राई लिम्बु र तामाङ समुदायका प्रदर्शनकारीहरुले सडकमै बसेर धर्ना दिइरहेका छन् ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




