.

बिज्ञापनको बिश्वास गर्दा..

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
 पत्रपत्रिकामा आकर्षक बिज्ञापन देखिए सावधान । त्यो जोकोही पनि ठगिने माध्ययम बन्नसक्छ । आपराधिक मनोबृत्तिका ब्यक्तिले आकर्षक बिज्ञापन देखाएर बेरोजगार युवायुवतीलाई ठग्ने र अन्य दुब्र्यवहारमा पार्नसक्ने शुक्रबार यहाँ भएको अनौठो घटनाले पुष्टि गरेको छ ।

शुक्रबार स्थानीय एक पत्रिकामा महेन्द्रपुलस्थित अफिसलाई लेडिज स्टाफ तुरुन्त चाहियो । तलब रु.७ हजार' भन्ने सम्पर्क मोबाईल नम्बरसहित बिज्ञापन प्रकाशित भयो । तर नियोजितरुपमा छापिएको त्यो बिज्ञापनको विश्वासमा परी एक बेरोजगार युवतीले साथमा रहेको गहनमात्र गुमाएकी छैनन, अनुचित ब्यवहारसमेत खेप्नुपरेको छ ।

घटना बिवरणअनुसार बिज्ञापन देखेपछि रोजगारकालागि भौतारिएकी छोरेपाटनकी १८ वर्षीया युवती (गंगा, नाम परिवर्तनले) बिहानै सम्पर्क गरिन् । बिज्ञापनमा उल्लेखित मोबाईलमा भएको कुराकानीका क्रममा पृथ्वीचोकको एक कलरल्याबनेर ९ बजेतिर भेट्ने सहमति भयो । भेट भएपछि बिज्ञापन प्रकाशित गरेका युवकले उनलाई अन्तरबार्ता लिने भन्दै चोककै एक होटलमा पुर्‍याए । जहाँ आफु ३ दिनदेखि बसिरहेका थिए । बुकिङ गरेको कोठामा लगे र १०/१२ मिनेट अन्तरबार्ता लिएजस्तो गरे । जागिर दिने सहमति पनि भयो । त्यसपछि युवतीमाथि दुब्र्यवहार भयो । लगत्तै युवकले उनलाई धम्क्याए र साथमा रहेको सुनका गहना, मोबाईल र केही नगद लुटे । युवतीलाई बाथरुममा थुनेर भागेको केही समयपछि होटलको फोनमा सम्पर्क गरेर थुनेको जानकारी दियो ।

ठगिको यो नौलो तरिका पहिलोपटक देखिएको प्रहरीले जनाएको छ । 'एकदमै नयाँ ढंगले ठगिएको छ', कास्की प्रहरी प्रमुख एसपी शैलेश थापा क्षेत्रीले भने, 'आवस्यक अनुसन्धान गरिरहेका छौ ।' प्रहरीले युवतीको शुक्रबारै मेडिकल जाँच गराएर आफन्तको जिम्मा लगाएको छ ।

अधिबक्ता सुरेन्द्र थापामगर कुनैपनि बिज्ञापन देखेर रोजगारकालागि हाम फाल्न नहुने बताउँछन । 'रोजगार दिने संस्थाबारे केही नबुझी सम्पर्कमा जाँदा जस्तोसुकै अनिष्ट पनि आईलाग्छ', थापाले कान्तिपुरसंग भने, 'यसतर्फ सबै अझ बिशेष गरी बेरोजगार युवा सचेत  हुनु आवस्यक छ ।'

होटल संचालका राजेन्द्रप्रसाद वाग्लेका अनुसार ३०/३५ बर्षको जस्तो देखिने उक्त ब्यक्ति बुधवार अपरान्ह ३ दिन बस्ने भन्दै होटलको ७ नम्बर कोठामा बस्दै आएका थिए । 'एकैचोटी उक्त कोठामा युवती थुनिएको भनेर फोन आयो', वाग्लेले भने, 'त्यसपछि ढोका खोलेर हेर्दा होरैछ, तत्कालै प्रहरीलाई खबर गरेका थियौ ।' होटलको 'ईन्ट्री र्फम' लगायतका कागजात प्रहरीले लगेको छ । प्रहरीले अनुसन्धान प्रभावित हुने भन्दै घटनाको बिस्तृत विवरण दिएको छैन ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर