.
यस्ता छन सासुलाई खुसी पार्ने १० तरिका
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 17 June 2012
यस्ता छन सासुलाई खुसी पार्ने १० तरिका..
१. व्यापक तयारीः थाहा नभएको विषयमा नबोल्नुस।घरकोबारेमा तपाईलाई थाहा नभएका कुरामा श्रीमानलाई सोध्नुस् । घर परिवारका सदस्यहरुको बानी थाहा पाउनहोस, सासुको बारेमा थाहा पाउनुहोस र सोही अनसार निर्णय लिने गर्नुहोस।
२.उपहार ल्याउनेः श्रीमानलाई उपहार अथवा केही किनिदिएको बेलमा सासुलाई नछुटाउनुस । उपहारले सवैलाई मानिसलाई प्रभाव पार्दछ।
३. चिटिक्क पर्नेः राम्रो र सफा लुगा लगाउनुहोस र घर बस्दा लगाउने लुगाको सहि पहिचान गर्नुहोस । घरको अवस्था हेरेर सारी लगाउने वा स्कर्ट निर्कोयोल गर्नुहोस।
४. सासूसंग आफूलाई तुलना नगर्नुसः
विशेष गरेर श्रीमानको बारेमा सासुलाइ भन्दा आफूलाइ थाहा भएको जस्तो नगर्नुस। पकाउने, लगाउने र घरायसी काममा सासुलाई नै ठुलो बनाइदिनुस।
५. नम्र हुनेः सासुसंग नम्रताका साथ बोल्ने गर्नु राम्रो हुन्छ। कुनै कुरा चित्त नबुझे पनि सभ्य र शालिनरुपमा प्रस्तुत हुने गर्नुस।
६. बेला बेलामा बोल्ने
सासुले बोलाएपछि मात्रै बोल्ने गर्नु भन्दा तपाई आफैले बोलाउने गर्नु राम्रो हुन्छ । मिठो स्वरले आमा भनेर सम्वोधन गर्ने गर्नुस ।
७. सल्लाह माग्नुस
तपाईले माने पनि नमाने सल्लाह भने सासुसंग माग्ने गर्नुस। त्यसलै उनलाई आफ्नो महत्व रहेको अनुभुति गराउँदछ ।
८.सासुको प्रशंसा गर्नेः
सामजिक कार्य वा घरमा पाहुना आउँदा सासुको राम्रा कुराको उल्लेख गर्नुस । सासुसंग मनमुटाव नै भएपनि त्यसलाई सकेसम्म अरुका अगाडी नखोल्नुस ।
९. सासुको अगाडी श्रीमानसंग राम्रो व्यावहार गर्नुसः
छोराका बारे्मा आमाहरु नराम्रो सुन्न सक्दैनन् । सासुको अगाडी श्रीमानलाई गाली नगर्नुस।
१०. नडराउनुसः
सासुलाई सम्मान गरेपनि डराउनु भने पर्दैन्। उनका अगाडी कन्फिडेन्सका साथ प्रस्तुत हुने गर्नुस।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




