.

दाँत सफा गर्ने १० खानाहरू

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
हामी प्राय दाँत सफा गर्न खाना खाएपछी दिनको कम्तिमा दुईपटक ब्रस गर्ने गर्छौ तर यदी नियमित रूपमा उचित खानाको सेवन गर्ने हो भने दाँतलाई प्राकृतिक रूपमा नै सफा गर्न सक्छौ । हामीले खाने केहि खानाहरू यस्ता छन् जसले हामीलाई दाँत सफा राख्न मद्दत गर्छ ।
दाँत सफा गर्न सक्ने १० वटा खानाका परिकार यस्ता छन्:
१. स्ट्रवेरी: स्ट्रवेरीको प्रयोगले दाँतलाइ बलियो र सफा राख्न मद्धत गर्छ । खानासँगै स्ट्रबेरी पनि खाने गरेका यसले दाँतलाई सफा तथा बलियो बनाउन सहयोग गर्छ । स्ट्रबेरीमा भएको एसिडले दाँतलाई सफा गर्ने काम गर्छ ।
२. काउली: हामीले प्राय नियमित रूपमा प्रयोग गर्ने तरकारी काउलीले पनि हाम्रो दातँलाई सफा राख्छ । काउलीले दाँतमा टासिने फोहोरलाई सफा गर्नुका साथै सेलिभा उत्पादनका लागि पनि महत्वपूर्ण भूमिका खेल्छ ।
३. तरबुजा/खरबुजा: दिनमा करिब २ कप तरबुजा या खरबुजाको प्रयोगले हामीलाई स्वस्थ राख्न मद्धत गर्छ । तरबुजा या खरबुजामा हुने भिटामिन सि ले आइरनलाइ सोस्न मद्धत गर्छ । यसले मांशपेशीहरू नष्ट हुने प्रक्रियालाई रोक्नुका साथै दाँतलाई समेत स्वसथ्य राख्न मद्धत गर्छ ।
४. सुन्तला: सुन्तलाको प्रयोगले पनि दाँतलाइ सफा तथा स्वस्थ राख्न सक्छ । सुन्तलामा पाइने भिटामिन सि ले पनि आइरनलाइ सोस्ने गर्छ ।
५. स्याउ: दिनमा एउटा स्याउको प्रयोगले दाँतलाई सफा र बलियो बनाउँछ । स्याउको जुस खानु दाँतका लागी अझ फाइदाकारी हुन्छ । स्याउ चपाएर खाँदा दाँतमा रहेको इनामेललाइ खियाउन सक्ने हुनाले दाँतलाई सफा र बलियो राख्न स्याउको जुस नै बढी प्रभावकारी हुन?छ ।
६. सागपात: हरिया सागपातमा पाईने क्यारोटिन बलियो तथा सफा दाँत बनाइराख्न मद्दत गर्छ ।
७. दुग्ध पदार्थ: दुध, दही, चिज जस्ता दुग्ध पदार्थ जसमा ल्याक्टिक एसिडको मात्रा पाइन्छ त्यसले पनि दाँतलाई खिइनबाट जोगाउँछ । दहीमा पाइने प्रोटिनले दाँतलाई मजबुत बनाउनुका साथै दाँतलाई खराब बनाउन सक्ने एसिडहरुबाट जोगाउँछ साथै दुग्ध पदार्थमा पाइने क्यालसियमले पनि दाँतलाई मजबुत बनाइराख्न सहयोग गर्छ ।
८. सिमी तथा बोडी: यसको प्रयोगले स्यालिभाको उत्पादनलाइ बढाउन सहयोग गर्नुका साथै मुखलाई राख्न मद्धत गर्छ ।
९. अंगुर: अंगुरमा पाइने म्यालिक एसिड तथा अन्य केहि इन्जाइमले दाँतलाई चम्किलो राख्न मद्दत गर्छ ।
१०. पानी: पानीको उचित प्रयोगले शरिरका धेरै रोगहरूलाई कम गर्न सक्ने कुरा त हामी सबैलाई थाहा नै छ । यस्तै यसले दाँतलाई पनि सफा राख्न मद्दत गर्छ । खाना खाने क्रममा पानी खानु उचित नहुने भएपनि खानाको अन्तिम गाँसपछी थोरै पानी खानु दाँतको लागि राम्रो मानिन्छ ।
यसरी यी १० खानाको प्रयोग नियमित गर्न सके दाँतको उपचारका लागी पटक-पटक डेन्टिस कहाँ जानुपर्ने समस्याबाट बच्न सकिन्छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर